जनकपुरका मेयरको घर अगाडि फोहोर थुपारि, बिरोध, नारा जुलुस - Hamro Janakpur

जनकपुरधाम । जनकपुरधाम उपमहानगर-४ स्थित मेयर लालकिशोर साहको घर अगाडि युवाहरूले आज बिहान फोहोर थुपारेका छन् ।

जनकपुरधाम धार्मिक नगरी भए पनि फोहोर व्यवस्थापन गर्न चासो नदेखाएको भन्दै स्थानीय मनिष पासवानको नेतृत्वमा युवाहरूले सडकको फोहोर उठाएर मेयर साहको घर अगाडि थुपारेका हुन् ।

उनीहरूले मेयर साह र उपमेयर रिता मिश्रविरुद्ध नाराबाजीसमेत गरे । ‘जनकपुर सन पावन नगरी, एकरा बना देली कचरा के डगरी’, ‘कतबो करबे बापरे बाप, कर परतौ तोरे साफ’लगायतका नारा समेत युवाहरूले लगाएका छन् ।

फोहोर नउठ्दा शहरी क्षेत्र नै कुरूप बनेको र आतंक मच्चाएको लामखुट्टे नियन्त्रणमा चासो नदेखाएपछि विरोध स्वरूप मेयर साहको घर अगाडि फोहोर फालेको युवाहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

जनकपुरमा दिनदहाडै एक अपरिचित व्यक्तिले घर अगाडीबाटै मोटरसाइकल चोरेर फरार

जनकपुरमा दिनदहाडै एक अपरिचित व्यक्तिले घर अगाडीबाटै मोटरसाइकल चोरेर फरार

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २ वकिल टोलबाट आईतवार दिनदहाडै एक अपरिचित व्यक्तिले घर अगाडीबाटै मोटरसाइकल चोरेर भागेके छ । घर अगाडी पार्किङ गरी राखेको अवस्थामा..

×