जनकपुरधामस्थित डेरा लिएर बस्दै आएका युवक झुण्डिएको अवस्थामा फेला - Hamro Janakpur

जनकपुरधाम । अस्थायी राजधानी जनकपुरधामस्थित डेरा लिएर बस्दै आएका युवक झुण्डिएको अवस्थामा फेला परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ पुलचोक मुसहरी टोलस्थित डेरा भाडामा बस्दै आएका अन्दाजी बर्ष २० का युवक डेरामा झुण्डिएको अवस्थामा फेला परेको हो ।

मुसहरी टोलस्थित धनुषाको भुतही बस्ने डेरावालाको घरमा बस्दै आएका धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ चन्हा बस्ने लालबाबु साहको छोरा रामपुकार साह डेरामा मृत भेटिएका हुन् ।

आईतबार अपरान्ह करिब ४ः३० बजेको समयमा डेरा गरी बस्दै आएका साह आफ्नै कोठामामा झुण्डिएको अवस्थामा देखेको घरपट्टि बताउँछन् । तर, प्रहरी पुग्नुअघि नै उनलाई झुण्डिएको अवस्थाबाट तल झारेको बताउँछन् ।

४ः३० बजे साह आफ्नै रुममा झुण्डिएको अवस्थामा देखिएको घरपटिट्लाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीलाई भने करिब ६ बजेतर्फ मात्र खवर गरिएको रेल्वे वडा प्रहरी कार्यालयले जनाएको छ ।

डेराबालाका अनुसार, आफ्नै कोठामा साह झुण्डिएको थियो । यद्यपी, उनको रुम भने खुल्ला नै थियो । उनको घाँटीमा गम्छा र गलबन्दी बेरिएको घरपट्टि बताउँछन् ।

आईतबार मात्र मृतक साहको बुवाले बिदेशबाट २ लाख रुपैयाँ पठाएको बताइएको छ । उनको घाँटीमा गम्छाको साथै गलबन्दी समेत बेरिएको देख्दा घटना शंकास्पद रहेको बताइएको छ ।

उनको मोबाईलबाट आईतबार नै उनको परिवारजनलाई फोन गएको बताइएको छ । उनको मोबाईलमा लक लागेको भएपनि परिवारजनलाई फोन गएकोप्रति पनि आशंका जनाइएको छ ।

प्रहरीलाई करिब २ घण्टा ढिलो जानकारी गराउनुको साथै प्रहरी पुग्दा उनको घाँटीमा केही नभएर बेडमा पल्टिएको अवस्थामा राखिएको बताइएको छ । प्रहरीका अनुसार, घरपट्टी र सोही घरमा बस्ने अन्य जनाले उनलाई प्रथम तल्लाबाट भुँई तल्लामा ल्याएको थियो ।

प्रहरीको मुचुल्का टोली पुनः घटनास्थलमा जाने तयारी गरेको छ भने लासलाई आईतबार साँझ नै पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पतालमा पठाएको छ । पोष्टमार्टमको रिपोर्टपछि थप कुरा जानकारी हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

पवन प्रसाद साह , पर्सा । हरिखेतान बहुमुखी क्याम्पस विरुद्ध ने बि संघ ठाकुर रामक्याम्पस इकाई समिति ले ७ बुदा आन्दोलन को घोषणा गरेको छ।..

×