पछिल्ला २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? - हाम्रो जनकपुर

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको जानकारी दिएको छ । जसमा गत २४ घण्टामा ५५४ जना संक्रमित थपिएका हुन ।

थपिएका संक्रमितहरुमा प्रदेश १ को इलाममा ५, उदयपुरमा ११, खोटाङमा २, झापामा १०, तेह्रथुममा १, धनकुटामा १, पाँचथरमा ३, भोजपुरमा १, मोरङमा ५३, संखुवासभामा २ र सुनसरीमा ३५ जना रहेका छन् ।

यसैगरी प्रदेश २ को पर्सामा ३, बारामा ४, सप्तरीमा ३ र सर्लाहीमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशको काठमाडौंमा १७१, काभ्रेमा १, चितवनमा १५, दोलखामा १, धादिङमा ३, भक्तपुरमा १३, मकवानपुरमा ३, ललितपुरमा २३ र सिन्धुपाल्चोकमा २ जना कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ३०, तनहुँमा १३, लमजुङमा ६, बागलुङमा ९ र स्याङजामा ४ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, दाङमा १०, नवलपरासीमा ३, पाल्पामा ३, प्युठानमा ४, बर्दियामा ७, बाँकेमा ९, रोल्पामा १ र रुपन्देहीमा २८ जनामा कोरोना कोरोना पुष्टि भएको छ ।

यसैगरी कर्णाली प्रदेशको जाजरकोटमा १, जुम्लामा १, डोल्पामा ७ र सुर्खेतमा १ जनामा कोरोना पुष्टि भएको छ भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १९, कैलालीमा १५, बझाङमा ११ र बाजुरामा १ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय