बाराका एक कोरोना संक्रमित बिरगञ्जमा उपचार क्रममा मृत्यु - Hamro Janakpur

बिरगञ्‍ज । बिरगञ्जमा उपचार क्रममा बाराका एक कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको जीतपुसिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ४० वर्षीय पुरूषको मृत्यु भएको हो ।

नारायणी अस्पताल स्थित आइसोलेसन वार्डमा उपचारको क्रममा अपरान्ह साँढे ४ बजे उनको मृत्यु भएको कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए । स्वास प्रस्वासमा देखिएको समस्या जटिल भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

 

स्वास्थ्यमा समस्या भएपछि बैशाख ६ गते उनलाई उपचारका लागि नारायणी अस्पतालमा ल्याइएको थियो । नारायणी अस्पतालकै पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बैशाख ८ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।