तपाईको माक्स खोई अभिनयान संचालन गरी सडकमा प्रहरीद्वारा मास्क वितरण - Hamro Janakpur

रबिन्द्र प्रजापति/रौतहट । विश्‍वभरी फैलिदै गई रहेको दोस्रो लहरको रुपमा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी रौतहट प्रहरीले मास्क वितरण गरेको छ । रौतहटको निर्णय तथा तालुक जिल्ला प्रहरी कार्यालय रौतहटको निर्देशानुसार बैशाख ८ गतेदेखि १४ गते सम्म २४४० जना मानिसहरुलाई माक्स प्रयोग बारे सम्झाई बुझाई गरिएको,१०० जनालाई कारवाही स्वरुप रु १०० को दरले जरिवाना १०,००० गरिएको थियो ।

कोरोना बाट बचनकोे लागि ७७५ थान माक्स वितरण गरिएका छन १५ गते आज बुधबार बेलुका ३ बजेको समयमा रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं ४ गरुडाबजार स्थितमा रहेको ईलाका प्रहरी कार्यालय गरुडाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी रवि रावलको सहभागितामा,ईलाका प्रशासन कार्यालय गरुडा रौतहटका कार्यालय प्रमुख रामस्वार्थ राय यादव लगाएतको उपस्थितिमा कोभिड १९ को संक्रमणबाट नागरिकलाई सुरक्षित बनाउने उदेश्यका साथ तपाईको माक्स खोई अभिनयान संचालन गरी सडकमा आवातजावत गर्ने मानिसलगाएत व्यापारीहरु र स्थानिय मानिसहरुलाई अनिवार्य माक्स लगाएर हिड्न प्लेकार्ड सहित सचेत गराउदै ८१ जनालाई कारवाही स्वरुप रु १०० को दरले ८१०० जरिवाना गरी २०० थान माक्स वितरण गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी रवि रावलले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।