प्रदेश २ मा आज बिहीबार २५९ जनामा कोरोना संक्रमण पुष्टि - Hamro Janakpur

जनकपुरधाम । रौतहट सहित प्रदेश २ मा आज बिहीबार २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबभन्दा बढी पर्सामा संक्रमित रहेका छन् ।
पर्सामा १४१ जना धनुषमा ४६ जनामा रौतहटमा १७ जना संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसै गरी बारा २३ जना, महोत्तरी १५ जना, सिरहा ७ जना, सर्लाही ६ जना र सप्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका बरिष्ट चिकित्सक डा।कमलेश प्रसाद यादवले जानकारी दिए ।

आज संक्रण पुष्टि भएका मध्ये १८५ जना पुरुष र ७४ जना महिला छन् । योसंगै प्रदेश २ मा सक्रिय संक्रमितको संख्या १ हजार ७९८ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।