धनुषा:उपचारको क्रममा एक वडाध्यक्षको मृत्यु , काेराेनाकाे अशंका - Hamro Janakpur

जनकपुरधाम । धनुषाकाे मिथिला विहारी नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष विनोद कुमार मण्डलको गएराती मध्यरातमा मृत्यु भएको छ । उनी तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

४५ वर्षिय ऊमेरका वडाअध्यक्ष मण्डल विगत एकहप्ता देखि बिरामी जस्तै ज्वरो र रुघाखोकी लागेपछि होम आइसोलेसनमा बसेका थिए भने स्वास्थ्य अवस्था निकै बिग्रिएपछि उपचारका लागि जनकपुरस्थित चन्द्रकला अस्पतालमा उनलाई ल्याइएको थियो । तर उपचारकै क्रममा मध्यरातमा निधन भएको स्थानीय दिपन ठाकुरले बताउनुभएको छ ।

उनका अनुसार कोरोनाबाटै वडाध्यक्ष मण्डलको निधन भएको आशंका रहेको छ । तर पुष्टि भने भएको छैन । पीसीआर परीक्षण पनि गराएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

निषेधाज्ञामा होटल खोलेको भन्दै सञ्चालकलाई ४ लाख जरिवाना

निषेधाज्ञामा होटल खोलेको भन्दै सञ्चालकलाई ४ लाख जरिवाना

काठमाडौं । निषेधाज्ञाको समयमा होटल खोलेको भन्दै प्रशासनले सञ्चालकलाई जरिवाना तिराएको छ । निषेधाज्ञाको समयमा होटल खोलेको आरोपमा त्रिपुरेश्वरस्थित युनाइटेड विजनेश होटलका सञ्चालक अश्विल श्रेष्ठलाई..