धनुषामा पुन ७ दिन निषेधाज्ञा थपियो - Hamro Janakpur

जनकपुरधाम । धनुषामा पुन एक साताका लागि निषेधाज्ञा थप गरिएको हो । जिल्ला संकट व्यवस्थापन समिति धनुषाको सोमबार बसेको बैठकले आगामी असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई जारी राख्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको फैलावट रोक्न निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । स्थानीय प्रशासनले केही क्षेत्र खुकुलो गर्दै धनुषामा छैठौं पटक निषेधाज्ञाको समयअवधि पुनः एक हप्ताका लागि थप गरेको हो ।

प्रजिअ बास्तोलाले निर्माण सामग्री लगायतका अतिआवश्यकीय व्यवसायहरु बिहान ५ बजेदेखि बिहान ११ बजेसम्म र औषधि तथा स्वास्थ्य सेवासँग सम्बन्धित पसलहरु चौबिसैं घण्टा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी खोल्न बताएको हो ।

त्यस्तै होटल रेस्टुरेन्टहरुले अनलाईन अर्डर तथा होम डेलेभरि र टेक अवे विधिबाट मात्र सेवा सञ्चालन गर्नसक्ने जनाइएको छ । रात्रीकालिन व्यवसाय सञ्चालनमा भने रोक लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र पूर्वमन्त्री उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ । विभिन्न जिल्लामा राखिएको अगुवा कार्यकर्ता भेलामा सहभागी..