पछिल्लो २४ घण्टामा २,६२४ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु - Hamro Janakpur

जनकपुरधाम । पछिल्लो २४ घण्टामा २,६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,६६७ एन्टिजेन परीक्षणमा १,९४७ र ४,९०६ एन्टिजेन परीक्षणमा ६७७ जना गरी २,६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ भने १,३२० जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख ३० हजार ४७९ पुगेको छ । जसमध्ये ६ लाख ८० हजार ८१५ जना संक्रमणमुक्त भएका छन् भने १० हजार २५९ जनाको मृत्यु भएको छ ।

देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३९ हजार ४०५ जना रहेको छ । जसमध्ये ३६ हजार २ जना होम आइसोलेसनमा र ३४०३ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ७६० जना सघन उपचार कक्षमा र तीमध्ये १८६ जना भेन्टिलेटरको सहायताले उपचार गराइरहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७९५ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा ५३५, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कास्कीमा २१३, चितवनमा १४३, झापामा १०३, मोरङमा ९४, मकवानपुरमा ४७, कैलालीमा ४५, सुनसरीमा ४२, रुपन्देहीमा ४०, सुर्खेतमा ३७, दाङमा ३१, नवलपरासी पूर्वमा ३२ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

जनकपुरधाम । धनुषाको सबैलामा रहेको, मेका इन्जिनियरिङ समाज सबैलाले विजया दशमि तथा आउदै गरेको दिपावलि छठ् पर्वको शुभ अवसरमा मेका इन्जिनियरिङ समाज सबैलाको आयोजनामा शुभकामना..

×