प्रदेश २: एक पेट्रोल पम्पमा गोली फायर गर्दै डकैती - Hamro Janakpur

सर्लाही । सर्लाहीको पर्सा गाउपालिका वार्ड नं, २ संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेनटर (पेट्रोल पम्प) मा शुक्रबार साँझ डकैती भएको हो । र्दुइवटा प्रहरीचोकीकै छेउमा रहेको सर्लाहीको एक पेट्रोल पम्पमा संसाझै डकैती भएको छ ।

पर्सा गाउपालिका वार्ड नम्बर ३ का अध्यक्ष भिखारी साहले संचालन गरेको सो पेट्रोल पम्पमा हातहतियारसहित आएका डाकाहरुले हवाइफायर गर्दै लाखौं रकम लुपटाट गरेर फरार भएका छन् । संचालकले १० लाख रकम लुटेर लगेको बताएका छन् ।

सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले ४ लाख रुपैयाँ लुटेर भागेको जानकारी दिए ।

घटनास्थलबाट गोलीको खोका समेत बरामद भएको बताइएको छ । उनले घटनाको अनुसन्धन र लुटपाट गरेर भाग्नेको खोजी कार्य भइरहेको समेत बताए । डकैती भएको सय मिटरको दुरीमा नेपाल प्रहरी र सशस्त्र पैहरीको चौकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।