
राम बाबु यादव ,सिरहा । मधेश प्रदेशको सिरहा जिल्लाको लहानस्थित रहेको प्रादेशिक अस्पतालका बीमा फाटमा ना.सु.बासुदेव महतो पक्राउ परेका छन् ।
बुधबार लहान अस्पतालका बीमा फाटको ना.सु.महतोले आफ्नो सेवाग्राहीमाथि गरेको अभद्र व्यवहार अश्लील गाली गलौज गरेको आरोपमा पक्राउ परेका छन् ।
बीमा फाटमा सेवा लिने क्रममा सेवाग्राहीलाई नेपालीमा अश्लील गाली गर्ने प्रादेशिक अस्पताल लाहानका बीमा फाटको नायब सुब्बा महतो पक्राउ परेका हुन ।सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले ना.सु महतोलाई गुनासो गर्न सामान्य भनाभन पछि चर्काचर्की भएको थियो। प्रादेशिक अस्पताल बीमा फाटका ना.सु.सेवाग्राहीमाथि गरेको अभद्र व्यवहारका कारण पक्राउ परेका छन् ।
यो भन्दा आगाडी पनि बीमा फाटमा ना.सु.बासुदेव महतोले दूरव्यवहार गरेको कारण सेवा ग्राहीहरुले मिलेर उसलाई कुटेका थियो तर प्रशाशनले उल्टै पिडित सेवा ग्राहीलाई नै थुनुवामा एक दिन सम्म राख्न लगाएका थिए । सिरहा प्रादेशिक अस्पतालको बीमा फाटमा ना.सु.बासुदेव महतोको मनोबल बढेको भिडियो मा स्पष्ट देखिएको छ ।
सेवाग्राहीको घर मा समेत पुगेर धाक धाम्कि देखाएको भिडियो मा देखिएको छ । त्यसै क्रममा महतोले उक्त सेवाग्राहीलाई अपशब्द भनेपछि समाजिक संजालमा भिडियो भाईरल भएका थिए । अस्पताल प्रशासनको चर्को विरोध पछि ई.प्र.का लाहानले ना.सु. महतोलाई पक्राउ गरेको डिएसपी कुमार मैनालीले जानकारी दिएका छन्