धनगढी बसपार्कको प्रतिक्षालयमा एक जना मृ'त फेला - Hamro Janakpur

कैलालीमा एक जना पुरुष मृत फेला परेका छन् । धनगढीको बसपार्कमा टाउकोमा चोट लागेको अवस्थामा एक पुरुष मृत भेटिएको प्रहरीले जनाएको छ ।

बसपार्कस्थित प्रतिक्षालयमा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बसपार्कबाट ६ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए ।

तीन दिनदेखि बसपार्कमा देखिएका ति पुरुष आज बिहान मृत भेटिएको उनले बताए ।

डीएसपी बिष्टले मृतकको परिचय खुल्न बाँकी रहेको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

धनुषाको सहिद नगर नगरपालिका बलाबाखरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

धनुषाको सहिद नगर नगरपालिका बलाबाखरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

जनकपुरधाम । धनुषाको सहिद नगर नगरपालिका बलाबाखरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । ज्ञान ब्रदान ईंग्लिश बोर्डइङ स्कुलकाे प्राङ्गणमा साे कार्यक्रमको आयोजना गरेको थियोे..

×