मौसम झा जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयामा रहेको प्रसिद्ध राजदेवी मन्दिरबाट चाँदीको मुर्ती र गरगहना चोरी भएको छ ।
मन्दिरबाट राजदेवी माताको मुर्ती, थाल, गहना, मुकुटलगायत चांदीका सबै समान शनिवार राति मध्यरातमा चोरी भएको हो । मन्दिरको पछाडीबाट पसेको चोरहरुले मुर्ती लगायतका समान चोरेर लगेको पुजारी धिरज यादवले जानकारी दिए ।
हतियारसहित आएका चोरहरुले मन्दिरमा जडित सीसीटीवी क्यामेराको तार समेत काटेका छन् । तर उनीहरु मन्दिरबाट चोरी गरिरहेको भिडिओ सीसीटीवी क्यामेरामा कैद भएको छ । भिडिओमा चोरहरुले अनुहार छोपेको देखिन्छ ।
पूजारी यादवका अनुसार मुर्तीसहितका सबै समान करिब साढे तीन किलो चांदीको थियो । चोरहरुले मन्दिर र सीसीटीवीको क्यामेरा पनि तोडफोड गरेपछि ठूलो क्षति पुगेको छ ।
यो मन्दिरबाट यसअघि चार पटक मूर्ती चोरी भइसकेको छ । तर प्रहरीले एकजना चोरलाई पनि पक्राउ गर्न सकेका छैन् । पूजारी यादवले प्रहरीको कमचोरीकै कारण पटक पटक मूर्ती चोरी भइरकेको गुनासो गरे । मन्दिरका पुजारी यादवको कथन छ कि अहिले सम्म नत जिल्ला प्रहरी कार्यालय धनुषा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले समेत कुनै चाँसो लिएन , आज हामि पिडित छौं एत्रो शक्ति साली मन्दिरमा चोरी भयो तर प्रहरी प्रशासन किन मौन रहेको छ।