पेस्तोल र राइफलको गोलीसहित दुईजना पक्राउ - Hamro Janakpur

जनकपुरधाम : मोरङमा प्रहरीले पेस्तोल र गोलीसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा केराबारी गाउँपालिका-९ देवीझोडाका ५१ वर्षीय गणेश लिम्बु र बेलबारी नगरपालिका-२ लालभित्तिका ४१ वर्षीय पदमकुमार लिम्बु रहेका छन् ।

बेलबारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार साँझ पक्राउ गरेको हो ।

गणेशको घरमा खानतलासी गर्दा एउटा कटुवा पेस्तोलका साथै ३०३ राइफलको ५ थान गोली, गोली लोड गर्ने २ थान चार, एक थान पेस्तोलको गोली बरामद गरिएको प्रहरीले जनाएको छ । पदमकुमारको साथबाट एउटा खुकुरी, चक्कु बरामद गरिएको छ ।

उनीहरु दुवैजनालाई हातहतियार तथा खरखजना कसुरमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र पूर्वमन्त्री उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ । विभिन्न जिल्लामा राखिएको अगुवा कार्यकर्ता भेलामा सहभागी..