२० वर्षदेखि फरार रहेका दुई जना अभियुक्तलाई समातिए - Hamro Janakpur

जनकपुरधाम । रुपन्देही प्रहरीले कर्तव्य ज्यानमुद्दामा २० वर्षदेखि फरार रहेका दुई जना अभियुक्तलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का ३० वर्षीय ऋषिकेश जैसवाल र गैडहवा गाउँपालिका वडा नम्बर २ का ३९ वर्षीय राजकुमार केवट छन्।

जैसवाल र केवटलाई आफ्नै घरमा बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

जैसवाललाई कर्तव्य ज्यानमुद्दामा जिल्ला अदालत रुपन्देहीले २०७१ साल असार २४ गते बीस वर्ष कैद सुनाएको थियो।

यस्तै, केवटलाई २०६७ वैशाख १९ गते जिल्ला अदालत रुपन्देहीले कर्तव्य ज्यानमुद्दामा २० वर्ष सजाय तोकेको थियो।

दुबै फरार अभियुक्तलाई कानुनी कारबाहीको लागि जिल्ला अदालत पेश गरिएकोमा उनीहरू कारागार चलान भएको रुपन्देहीका प्रहरी उपरीक्षक डा. मनोज केसीले बताए।

रुपन्देही प्रहरीले पछिल्लो समय जघन्य अपराधमा संलग्न भएर फरार भएका अभियुक्तको खोजी गरिरहेको छ।

यसक्रममा तीन दर्जन फरार अभियुक्त पक्राउ परेको डा. केसीले बताए।

कोरोना संक्रमणको दोस्रो महामारीमा जारी निषेधाज्ञायता मात्र १९ फरार अभियुक्त पक्राउ परेको केसीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र पूर्वमन्त्री उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ । विभिन्न जिल्लामा राखिएको अगुवा कार्यकर्ता भेलामा सहभागी..