बालिकालाई करणी गरेको आरोपमा पक्राउ - Hamro Janakpur

सुदूरपश्चिम प्रदेश :- कञ्चनपुरमा एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

बलात्कारको अभियोगमा कृष्णपुर नगरपालिका–४ का ५३ वर्षीय धनबहादुर गुरुङलाई जबर्जस्ती करणीको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई ललाई फकाई पटक–पटक जबर्जस्ती करणी गरेको भन्ने खबर आएपछि आइतबार राति गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए ।

पक्राउ परेका गुरुङलाई थुनामा राखेर अनुसन्धान सुरु गरिएको डीएसपी थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र पूर्वमन्त्री उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ । विभिन्न जिल्लामा राखिएको अगुवा कार्यकर्ता भेलामा सहभागी..