छोरी जन्मेलगतै घाँटी थिचेर हत्या, आमासहित चारजना पक्राउ - Hamro Janakpur

मोरङमा नवजात शिशुको हत्या घरपरिवारबाटै भएको खुलासा भएको छ ।जेठ २७ गते मोरङको रंगेली नगरपालिका ५ आँपगाछीकी २५ वर्षीया खुस्वु मण्डलले छोरी जन्माएकी थिइन्।

जन्मेको केहिसमयपछि आमा खुस्वुले शिशुलाई ब्ल्याङकेटले घाँटी थिची हत्या गरेको र बुबा २८ वर्षीय अरुण मण्डललले रंगेली ५ स्थित चाँदनी चोकमा सञ्चालन गरेको मदिरा पसलभित्र खाल्डो खनी गाडेको प्रहरीले जनाएको छ ।

शिशुलाई हत्या गरेको अभियोगमा आमा खुस्वु, बुबा अरुणसहित परिवारका चार सदस्यलाई पक्राउ गरेको छ । अन्य पक्राउ पर्नेमा, हजुरबुबा ५० वर्षीय नागेश्वर मण्डल, हजुर आमा ४८ वर्षीया उर्मिला मण्डल रहेको प्रहरीले जनाएको छ ।

उनीहरूविरुद्ध कर्तब्य ज्यानको मुद्दामा मोरङ जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र पूर्वमन्त्री उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ । विभिन्न जिल्लामा राखिएको अगुवा कार्यकर्ता भेलामा सहभागी..