लागुऔषध सहित कैलालीमा २ जनालाई पक्राउ - Hamro Janakpur

लागुऔषध सहित कैलाली प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको भजनी नगरपालिका ७ चर्रा बस्ने ३० वर्षीय दिनेश चमार र  कञ्चनपुरको पुनर्वास नगरपालिकापालिका ११ बस्ने २२ वर्षीय केशर राई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मंगलबार दिउँसो विशेष सूचनाको आधार खटिएको प्रहरी टोलीले चमारलाई भजनी नगरपालिका १ मा रहेको मोहन्याल सामुदायिक बन नजिकबाट चेकजाँच गर्दा लागुऔषध खैरो हिरोइन ५ ग्राम सहित पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए ।

त्यसैगरी कञ्चनपुरका राईलाई मंगलबार नै दिउँसो धनगढी उपमहानगरपालिका ३  भन्सार नजिक शंकास्पद रुपमा हिँडिरहेको अबस्थामा प्रहरीले चेकजाच गर्दा नाइट्रोभेट ३० ट्याब्लेट र  स्पास १६ टयाब्लेटसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र पूर्वमन्त्री उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ । विभिन्न जिल्लामा राखिएको अगुवा कार्यकर्ता भेलामा सहभागी..