घर पुर्‍याइदिन्छु भन्दै बाटोमै किशोरीमाथि बलात्कार - Hamro Janakpur

डडेल्धुरामा एक किशोरीमाथि बलात्कारको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्लाको आलिताल गाउँपालिका-६ की १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा परशुराम नगरपालिका-५ परिगाउँका २३ वर्षीय विपिन भट्टराई र डोटीको जोरायल गाउँपालिका-२ बुडरका २३ वर्षीय आकाश मल्ल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता राजेन्द्रबहादुर चन्दले बताए।

चन्दका अनुसार डोटीको जोरायल गाउँपालिका-२ बुडरबाट ती युवतीलाई घर पुर्‍यादिन्छु भनि लगेर बीच बाटोमै बलात्कार गरिएको थियो। पीडित युवतीले प्रहरीमा मुद्दा दर्ता गरेपछि ती दुई युवकलाई साउन ५ गते पक्राउ गरिएको चन्दले बताए।

युवकहरू पक्राउ गरेको चार दिन भइसक्दासमेत प्रहरीले घटना गोप्य राखेर पैसाको बार्गेनिङमा मुद्दा मिलाउन खोजेको आरोप लागेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

जनकपुरधाम । धनुषाको सबैलामा रहेको, मेका इन्जिनियरिङ समाज सबैलाले विजया दशमि तथा आउदै गरेको दिपावलि छठ् पर्वको शुभ अवसरमा मेका इन्जिनियरिङ समाज सबैलाको आयोजनामा शुभकामना..

×