गोंगबुबाट पेस्तोल र खुकुरीसहित तीन जना पक्राउ - Hamro Janakpur

काठमाडौं । काठमाडौंको गोंगबुबाट एक थान पेस्तोलसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङका २४ वषर्ीय विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगर छन् ।

बुधबार साँझ महाराजगञ्ज वृत्तको प्रहरी टोलीले गोंगबु बिजी मल अगाडि चेकप्वाइन्ट राखी जाँच गर्ने क्रममा उनीहरु स्कुटर छाडेर भागेका थिए । बीजी मलको पछाडि विरेन्द्र ऐश्वर्य मार्गस्थित आरके रेष्टुरेन्टमा प्रवेश गरी लुक्ने क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

किन भागेको भनेर सोधपुछ गर्दै उनीहरुको साथमा रहेको झोला खानतलासी गर्दा विकेश भनिने विपिन मगरले बोकेको झोलामा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।

एक थान पेस्तोलसँगै एक थान म्यागजिन, पाँच राउण्ड गोली, दुई थान खुकुरी र थोरै मात्रामा गाँजासमेत बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरु तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

पवन प्रसाद साह , पर्सा । हरिखेतान बहुमुखी क्याम्पस विरुद्ध ने बि संघ ठाकुर रामक्याम्पस इकाई समिति ले ७ बुदा आन्दोलन को घोषणा गरेको छ।..

×