२३ वर्षीया महिलाको हत्या,हत्याराले नै गरे प्रहरीलाई खबर - Hamro Janakpur

जनकपुरधाम । उदयपुर माइती घर भएकी एक २३ वर्षीया महिलाको हत्या आज काठमाडौंमा भएको छ । उदयपुर बेलका नगरपालिका–४ माइती भएकी रन्जु तामाङको हत्या भएको हो । उनी गर्भवती रहेको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा उनकै श्रीमान  हेटौंडा उपमहानगरपालिका–४ का ३९ वर्षीय राम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुकाठमाडौं महानगरपालिका–८ गुहेश्वरीस्थित बागमती प्लान्ट नजिकै फ्ल्याट डेरामा लिएर बसेका थिए ।

घटनाबारे श्रेष्ठ आफैंले प्रहरीलाई खबर गरेका थिए । उनले प्रहरीको हटलाइन नम्बर १०० मा आज बिहान ७ बजे फोन गरी आफूले श्रीमतीको हत्या गरेको जानकारी गराएको महानगरीय प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए ।

एसएसपी सिंहका अनुसार श्रेष्ठले श्रीमतीको घाँटी र मुख थिचेर हत्या गरेका हुन् । श्रीमती ओछ्यानमा मृत भेटिएकी थिइन् । उनको शरीरमा अन्य चोटपटक भने नदेखिएको एसएसपी सिंहले बताए ।

‘उनीहरूबीच बिहान विवाद भएको रहेछ । त्यसैक्रममा श्रीमानले श्रीमतीको घाँटी थिचेर हत्या गरेका हुन्,’ एसएसपी सिंहले बताए ।

हत्याको खबरपछि महानगरीय प्रहरी वृत्त गौशालाबाट प्रहरी नायब उपरीक्षकसहितको टोली घटनास्थल पुगेको थियो ।  प्रहरी पुग्दा श्रेष्ठ कोठामै चुकुल लगाएर बसिरहेका थिए । प्रहरी पुगेपछि मात्रै उनले कोठाको चुकुल खोलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार श्रेष्ठ आफैंले पनि छुरीले हात काटेका थिए । उनको काठमाडौंको केएमसी अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ । अहिले श्रेष्ठ प्रहरी नियन्त्रणमा रहेको छ ।

उनीहरूले करिब दुई वर्षअघि भागी विवाह गरेको पारिवारिक स्रोतबाट बुझिएको छ । पक्राउ परेका श्रेष्ठले प्रहरीलाई दिएको बयान अनुसार उनीहरूबीच केही दिन अघिदेखि नै विवाद भएको थियो ।

‘हाम्रो केही दिनअघि विवाद भएको थियो। विवादकै क्रममा श्रीमतीले तिमी आजदेखि मेरो लागि म¥यौ भनेर चुरा फुटाइन्,’ प्रहरीलाई दिएको बयानमा रामले भनेका छन्, ’त्यही कुरामा आज बिहान पनि विवाद भयो । अनि हत्या गरेँ।’

प्रहरीले शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा पठाएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

जनकपुरधाम । धनुषाको सबैलामा रहेको, मेका इन्जिनियरिङ समाज सबैलाले विजया दशमि तथा आउदै गरेको दिपावलि छठ् पर्वको शुभ अवसरमा मेका इन्जिनियरिङ समाज सबैलाको आयोजनामा शुभकामना..

×