४ वर्षीया छोरीलाई बलात्कार आरोपमा बुवा पक्राउ - Hamro Janakpur

काठमाडौं । चार वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा कालीगण्डकी गाउँपालिका–७ भुर्तुङका ३६ बर्षीय पुरुष पक्राउ परेका छन्। उनलाई शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।

बालिकालाई स्वास्थ्य परीक्षण गरी राखिएको प्रहरीले बताएको छ। ती पुरुषलाई आइतबार जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी जबरजस्ती करणीको मुद्दा दर्ता गर्ने तयारी रहेको पाण्डेले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

रोटरी क्लब जनकपुरधाम द्वारा विद्यार्थीहरु लाई स्कुल ब्याग वितरण

रोटरी क्लब जनकपुरधाम द्वारा विद्यार्थीहरु लाई स्कुल ब्याग वितरण

हाम्रो जनकपुर,भागचरण यादव । रोटरी क्लब जनकपुरधाम द्वारा विद्यार्थीहरु लाई स्कुल ब्याग वितरण गरेका छन् । जनकपुरधाम उप-महानगरपालिका वडा नम्बर १४ मुजेलिया क्याम्प स्थित श्री..

×