सशस्त्र प्रहरी द्धारा २२ किलो अवैध गाँजा बरामद - Hamro Janakpur

हाम्रो जनकपुर डेस्क
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाले २२ किलो अवैध गाँजा बरामद गरेको छ।  बिहान सीमामा सुरक्षा गस्तीमा खटेको टोलीले सो परिमाणमा गाँजा बरामद गरेको हो।

मलंगवा नगरपालिका वडा न-९ स्थित पोखरी बोर्डर एरियामा गस्ती गरिरहेका सशस्त्र प्रहरीको गस्ती टोलीले बिहान करिब ६ बजेर ४० मिनेटको समयमा सोही ठाउँ बस्ने २४ वर्षीय स्थानीय युवक ललित कुमार महतोलाई २२ किलो गाँजाको २ वटा पोका बनाएर टाउकोमा बोकेर भारत तर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको जनाइएको छ।

बरामद गरेको गाँजा सहित महतोलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

जनकपुरधाम । धनुषाको सबैलामा रहेको, मेका इन्जिनियरिङ समाज सबैलाले विजया दशमि तथा आउदै गरेको दिपावलि छठ् पर्वको शुभ अवसरमा मेका इन्जिनियरिङ समाज सबैलाको आयोजनामा शुभकामना..

×