जन्म कैद सजाय ठहर भएपछि फरार रहेका एक अभियुक्त घरबाटै पक्राउ - Hamro Janakpur

जनकपुरधाम । कर्तव्य ज्यान मुद्दामा जन्म कैद सजाय ठहर भएपछि फरार रहेका एक अभियुक्त घरबाटै पक्राउ परेका छन्।

घटनाको १६ वर्षपछि कर्तव्य ज्यान मुद्दामा फरार रहेका जन्म कैदका अभियुक्त सप्तरीको बोदे बरसाईन नगरपालिका–७ मानराजा बगबिरा टोलका दानालाल यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरी जनाएको छ। फरार सूचीमा रहेका यादवलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो।

हत्याको अभियोगमा सप्तरी जिल्ला अदालतका तत्कालिन न्यायाधीश शंकरबहादुर राईको इजलाशले उनलाई २०७३ वैशाख २२ गते जन्मकैद सजाय गरेको थियो। बोदे बर्साइन–७ बगबिरा टोलका गंगाराम कापरको २०६२ सालमा हत्या भएको थियो।

हत्याविरुद्ध उनका दाजु बिजयनारायण कापरले यादवसहित सोही ठाउँका मकैया भनिने सचिनकुमार सदा र बिजयकुमार यादवविरुद्ध प्रहरीमा उजुरी दिएका थिए।

कर्तव्य ज्यानविरुद्धको उजुरी सप्तरी जिल्ला अदालतमा २०६९ चैत ७ गते दायर भई २०७३ वैशाख २२ गते फैसला भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

जनकपुरधाम । धनुषाको सबैलामा रहेको, मेका इन्जिनियरिङ समाज सबैलाले विजया दशमि तथा आउदै गरेको दिपावलि छठ् पर्वको शुभ अवसरमा मेका इन्जिनियरिङ समाज सबैलाको आयोजनामा शुभकामना..

×