मेयरलाई मुक्का हान्ने युवक एमालेकै कार्यकर्ता - Hamro Janakpur

जनकपुरधाम । बुटवलका मेयरशिराज सुवेदीलाई मुक्क प्रहार  गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ ।

एमाले रूपन्देहीका अध्यक्षसमेत रहेका मेयर सुवेदीलाई सोमबार पहिरो निरीक्षणका क्रममा बुटवल–३ ज्योतिनगरमा मुक्का हान्ने युवक गणेश पंगेनी अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य रहेको नेताहरुले बताएका छन् ।

उनी लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी हुन् ।उनी पहिरो प्रभावित क्षेत्र बुटवल–३ ज्योतिनगरका बासिन्दा हुन् ।

पहिरोले ज्योतिनगरवासी विस्थापित र असुरक्षित हुँदा स्थानीय सरकारले चासो नदिएकाले आक्रोशित भएर उनले मुक्का हानेको बताएका प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

रोटरी क्लब जनकपुरधाम द्वारा विद्यार्थीहरु लाई स्कुल ब्याग वितरण

रोटरी क्लब जनकपुरधाम द्वारा विद्यार्थीहरु लाई स्कुल ब्याग वितरण

हाम्रो जनकपुर,भागचरण यादव । रोटरी क्लब जनकपुरधाम द्वारा विद्यार्थीहरु लाई स्कुल ब्याग वितरण गरेका छन् । जनकपुरधाम उप-महानगरपालिका वडा नम्बर १४ मुजेलिया क्याम्प स्थित श्री..

×