१७ किलोग्राम लागुऔषध गाँजासहित एक महिला पक्राउ - Hamro Janakpur

जनकपुरधाम । विराटनगरबाट १७ किलोग्राम लागुऔषध गाँजासहित एक महिला पक्राउ परेको छ। विराटनगर महानगरपालिका-१४ जतुवाकी २५ वर्षीया आरतीदेवी यादवलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए । उनका अनुसार घरैबाट यादवलाई पक्राउ गरिएको हो।

गाँजा किनबेच भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट गएको प्रहरी निरीक्षक प्रकाश राउत नेतृत्वको टोलीले घरबाट १७ किलो गाँजा बरामद गरेपछि यादवलाई नियन्त्रणमा लिएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा विभिन्न बाटो हुँदै विराटनगरसम्म ल्याएर भारततिर तस्करी गर्ने धन्दामा यादवको संलग्नता देखिएको छ। यसको कारोबारमा अरु व्यक्तिको संलग्नताका बारेमा पनि अनुसन्धान भइरहेको एसपी जीसीले बताए।

प्रहरी स्रोतका अनुसार नेपालमा प्रति किलो २० हजार रूपैयाँमा किनबेच हुने गाँजा भारत पु¥याउँदा ४० हजार रूपैयाँसम्ममा बिक्री हुने गरेको छ। दोब्बर बढी मूल्य पाइने भएकै कारण लागुऔषध गाँजा अवैध रूपले नेपालबाट भारततिर तस्करी हुने गरेको प्रहरीको भनाइ छ।

एसपी जीसीले पछिल्लो समय गाँजाको कारोबार बढेको सूचनाका आधारमा शंकास्पद स्थानहरुमा निगरानी बढाइएको बताए। ‘नेपाल–भारत सीमा नाकामा निगरानी बढाउँदै उच्च सतर्कता अपनाइएको छ,’ उनले भने, ‘गाँजाको ओसारपसार एवं कारोबार नियन्त्रण गर्न प्रहरीको विशेष टोली परिचालन गर्दै शंकास्पद स्थानहरुमा खानतलासी लिने र छापा हान्ने काम भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

जनकपुरधाम । धनुषाको सबैलामा रहेको, मेका इन्जिनियरिङ समाज सबैलाले विजया दशमि तथा आउदै गरेको दिपावलि छठ् पर्वको शुभ अवसरमा मेका इन्जिनियरिङ समाज सबैलाको आयोजनामा शुभकामना..

×