सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव - Hamro Janakpur

जनकपुरधाम । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन अस्पतालमा तनाव भएको छ । डोटीको शिखर नगरपालिका स्थायी घर भइ हाल धनगढी उपमहानगरपालिका-२ बस्दै आएकी २६ वर्षीया कल्पना मल्लको मृत्युपछि आक्रोशित आफन्तले अस्पताल घेराउ गरेका छन् ।

शनिबार राति सुत्केरी भएकी मल्लको अवस्था गम्भीर भएपछि आईसीयूमा भर्ना गरिएकोमा आइतबार बिहान ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताए । एसपी अधिकारीका अनुसार मृतकका आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै अस्पताल घेराउ गरेका हुन् । 

पीडित पक्षबाट हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर प्रहरी परिचालन गरिएको बताउँदै एसपी अधिकारीले अहिले दुवै पक्षबीच छलफल भइरहेको जानकारी दिए ।

मल्ल शनिबार बिहान ११ बजे अस्पताल भर्ना भएकी थिइन् । सुत्केरी भइसकेपछि अवस्था जटिल बन्दा उनलाई चिकित्सकले आईसीयूमा भर्ना गरेका थिए । उपचारकै क्रममा कल्पनाको मृत्यु भए पनि शिशु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

जनकपुरधाम । धनुषाको सबैलामा रहेको, मेका इन्जिनियरिङ समाज सबैलाले विजया दशमि तथा आउदै गरेको दिपावलि छठ् पर्वको शुभ अवसरमा मेका इन्जिनियरिङ समाज सबैलाको आयोजनामा शुभकामना..

×