जनकपुरधामस्थित एक होटेलमा दुईदिन सम्म बलात्कार गरि भागेको आरोप - Hamro Janakpur

जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित एक किशोरीलाई दुईदिनसम्म बलात्कार गरी होटेलमै छाडेर भागेको आरोप परिवारजनले लगाएको छ ।

धनुषाको विदेह नगरपालिका वडा नम्बर ४ ठाढीस्थित आफ्नो सानीआमा (मौसी) को घर आएकी १६ बर्षिय किशोरीलाई सोही स्थान बस्ने एक युवकले उनलाई अपहरण शैलीमा जनकपुर होटेलमा लगेर बलात्कार गरी छाडेर भागेको आरोप उनको सानीआमाको छ ।

गत असोज ३ गते धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ हडबारा बस्ने किशोरीलाई सानीआमाकै घरबाट ललाई फकाई लगेर बलात्कार गरेको आरोप लगाइएको छ । सोही स्थान बस्ने अन्दाजी बर्ष २५ को जीतेन्द्र कुमार महराले किशोरीलाई बलात्कार गरेको आरोप लगाइएको छ ।

स्थानीय अरुण महराको मोटरसाईकल लिएर किशोरीलाई जनकपुरको होटेलसम्म लगेको पीडित किशोरीलाई उदृत गर्दै उनकी सानीआमा सनेचरी देवी महराले बताइन् । आरोपित युवक भदौ ६ गतेदेखि नै फरार रहेको बताइएको छ ।

जानकारी अनुसार, उनीहरु दुवै जना सहमतिमै गाउँबाट भागेको तथा जनकपुरमा दुई दिनसम्म यौनसम्बन्ध राखेर किशोरीलाई होटलमै छाडेर भागेपछि परिवारजन प्रहरीलाई गुहारेको हो ।

किशोरीलाई अहिले ओरेक नेपालको सहयोगमा जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलमा राखिएको बताइएको छ । यसबारे जिल्ला प्रहरी कार्यालय धनुषाले भने अनभिज्ञता प्रकट गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

धनुषाको सहिद नगर नगरपालिका बलाबाखरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

धनुषाको सहिद नगर नगरपालिका बलाबाखरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

जनकपुरधाम । धनुषाको सहिद नगर नगरपालिका बलाबाखरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । ज्ञान ब्रदान ईंग्लिश बोर्डइङ स्कुलकाे प्राङ्गणमा साे कार्यक्रमको आयोजना गरेको थियोे..

×