जबरजस्ती करणी गर्ने ५ जना प्रहरीको नियन्त्रणमा, एकजना फरार - Hamro Janakpur

हाम्रो जनकपुर डेक्स ,सुनसरी । आइतबार साँझ इभिनिङ वाकमा हिँडेकी एक महिलामाथि जबर्जस्ती करणी गरेको छ ।सुनसरीको इटहरी-८ भुर्कीमा ६ जना युवाको समूहले ३० वर्षीया महिलामाथि जबर्जस्ती करणी गरेको उजुरी इटहरी प्रहरीमा परेको छ ।बलात्कारपछि पीडितको उजुरीको आधारमा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिसकेको छ भने एकजना फरार भएका छन् ।

पीडित महिलाले प्रहरीलाई दिएको जानकारी अनुसार युवाहरूले कुटपिट गरी धानबारीमा लगेर जबरजस्ती करणी गरेका हुन् ।
उनीहरूले २ तोला ४ आनाको सुनको सिक्री र साथमा रहेको नगद ३ हजारसमेत लुटेर भागेको ती महिलाको भनाइ छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी अर्जुन केसीका अनुसार ३० वर्षीय महिलालाई समूहमा रहेका पुरुषहरूले आक्रमण गरेका थिए ।

पक्राउ परेकामध्ये ४ जना १८ वर्षमुनिका किशोर भएको र १ जना २७ वर्षीय युवा रहेको केसीले जानकारी दिए ।इटहरी-१६ बस्ने २७ वर्षीय सुनिल चौधरीलाई भने प्रहरीले सार्वजनिक गरेको छ । बाँकी एक जनाको खोजी कार्य भइरहेको डिएसपी केसीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

जनकपुरधाम । धनुषाको सबैलामा रहेको, मेका इन्जिनियरिङ समाज सबैलाले विजया दशमि तथा आउदै गरेको दिपावलि छठ् पर्वको शुभ अवसरमा मेका इन्जिनियरिङ समाज सबैलाको आयोजनामा शुभकामना..

×