राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा एक कर्मचारी मृत अबस्थामा फेला - Hamro Janakpur

जनकपुरधाम । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कम्प्युटर अपरेटर पदमा कार्यरत एक कर्मचारी आफ्नै काठोमा मृतावस्थमा भेटिएका छन् । प्रहरीका अनुसार सप्तरीको राजविराज नगरपालिका–२ की २६ वर्षीया रुवीकुमारी साफीलाई आफ्नै कोठामा झुन्डिएको अवस्थामा भेटिएको छ ।

एक वर्षअघि रुवीका पति अस्पतालको फार्मेसीमा कार्यरत राजन साफीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । फार्मेसीमा कार्यरत पतिको मृत्यु भएपछि अस्पतालले रुवीलाई कम्प्युटर अपरेटर पदमा जागिरसमेत दिएको थियोे ।

स्थानीयवासीका अनुसार सासू र देवरले रुवीको तलब हात पार्न निकै प्रयास गरेपछि उनी घरेलु हिंसामा परेकी थिइन् । रूवी र राजनका दुई छोराछोरी छन् । घरझगडा सहन नसकेपछि आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

जनकपुरधाम । धनुषाको सबैलामा रहेको, मेका इन्जिनियरिङ समाज सबैलाले विजया दशमि तथा आउदै गरेको दिपावलि छठ् पर्वको शुभ अवसरमा मेका इन्जिनियरिङ समाज सबैलाको आयोजनामा शुभकामना..

×