ट्रयाक्टरको ठकरबाट हरिपूर्वा नगरपालिका ९ मा एक जना को मृत्यू - Hamro Janakpur

हाम्रो जनकपुर डेस्क ,सर्लाहीको हरिपूर्वा नगरपालिकामा ट्रयाक्टरको ठकरबाट एक जनाको घटना स्थलमै मृत्यू भएको छ ।

सर्लाही हरिपूर्वा नगरपालिका वडा ५ बस्ने अन्दाजी ४७ बर्षको पुकार महतो इश्वरपुरको जगंलबाट सुकेको दाउरा साइकलमा राखेर हरिपूर्वा तर्फ आउदै गरको अबस्थामा सोही दिशाबाट ज१त ९२७९ नम्बरको ट्रयाक्टरले पछाडीबाट ठक्कर दिदा महतो को घटना स्थलमै मृत्यू भएको हरिपूर्वा प्रहरी चौकि इन्चार्ज ले बताएको छ ।

ट्रयाक्टर चालकले ठककर दिएर भाग्न खोज्दा प्रत्यक्षदर्शी हरुले पक्रेर प्रहरीको जिम्मा लगाएको छ । ट्रयाक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको र मृतक महतोलाई पोष्ट मार्डमको लागी जिल्ला अस्पताल मलंगवा पठाइएको छ । घटना स्थलमा व्यापक प्रहरीको उपस्थिती रहेपनि अबस्था समान्य रहेको प्रहरी हवल्दार मिकरानीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

धनुषाको सहिद नगर नगरपालिका बलाबाखरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

धनुषाको सहिद नगर नगरपालिका बलाबाखरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

जनकपुरधाम । धनुषाको सहिद नगर नगरपालिका बलाबाखरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । ज्ञान ब्रदान ईंग्लिश बोर्डइङ स्कुलकाे प्राङ्गणमा साे कार्यक्रमको आयोजना गरेको थियोे..

×