सशस्त्र प्रहरी द्वारा धनौजी गाउँपालिका बाट चोरी पैठारीको लता कपडा बरामद - Hamro Janakpur

जनकपुरधाम । धनुषा जिल्लाको धनौजी गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट मंसीर १५ गते सशस्त्र प्रहरीले करीव २ लाख ९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

ज ९ प ४२८२ र बीआर ३२ के १७८२ नम्बरको मोटरसाईकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ठाडीझिजाबाट खटिएको टोलीले बरामद गरेको हो । त्यसवेला दुवै मोटरसाईकल समेत बरामद गरिएको छ ।

बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य ३ लाख रुपैयाँ रहेको छ । त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खजुरीबाट खटिएको सशस्त्र प्रहरीले मंसीर १५ गते करीव १ लाख ७८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्ट्स बरामद गरेको छ ।

भन्सार छली ल्याउँदै गरेको उक्त मोटर पार्ट्स सशस्त्र प्रहरीले धनुषा जिल्लाको जनकीनन्दनी गाउँपालिका ३ सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद लत्ताकपडा, मोटर पार्ट्स तथा मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

पवन प्रसाद साह , पर्सा । हरिखेतान बहुमुखी क्याम्पस विरुद्ध ने बि संघ ठाकुर रामक्याम्पस इकाई समिति ले ७ बुदा आन्दोलन को घोषणा गरेको छ।..

×