रौतहटको चन्द्रपुर मा हजारका नक्कली नोट फेला - Hamro Janakpur

दिपेश कुमार साह,रौतहट । रौतहटको चन्द्रपुर बजारमा नेपाली नक्कली नोट देखा परेको छ । स्थानीय व्यापारीकोमा सयको समान किनेर हजारको नोट देखाउनेको संख्या बढ्दै जान थालेको छ ।

नक्कली हजारको नेपाली नोट चन्द्रनिगाहपुर बजारमा देखिन थालेको स्थानीय व्यापारीले बताएका छन् ।चन्द्रपुर बजारमा हजारका नेपाली नोट देखा परेको र स्थानीय प्रहरीले यस बिषयमा गम्भिर भएर लाग्नु पर्ने स्थानीय व्यापारी राजु तिवारीले बताए ।

सरसरती हेर्दा सक्कली जस्तै लागेपनि हिहालेर हेर्दा नेपाली हजारको नोट नक्कली भएको प्रष्टै देखिने गरेको स्थानीय व्यापारीको भनाइ रहेको छ । चन्द्रनिगाहपुरको ठेलामा तरकारी बेच्ने एक व्यापारीलाई एक हजारको नक्कली नोट थमाएर सयको समान किनेर हजार दिएर गएको केही दिन बित्न नपाउदै चन्द्रनिगाहपुरकै एक डेरीमा अर्को नक्कली हजारको नोट फेला परेको छ ।

एकजनाले एक लिटर दुध किनेर एक हजारको नोट दिएर गएको र पछि निहालेर हेर्दा सो हजारको नोट नक्कली भएको व्यापारी शिव फयलले बताए । चन्द्रनिगाहपुरमै नक्कली नोट छाप्ने काम भएको हुन सक्ने स्थानीय व्यापारीको अनुमान रहेको छ । यस्तो बिषयमा प्रहरी चनाखो हुनुपर्ने उद्योग बाणिज्य संघ चन्द्रनिगाहपुरका पुर्व अध्यक्ष खड्ग बहादुर बम्जनको भनाइ रहेको छ ।

समान्य मान्छेले छुट्याउन नसक्ने हजारको नक्कली नोटमा सक्कलीको जस्तो सबै कुरा उस्तै छैन् । केही बर्ष पहिला चन्द्रनिगाहपुर बजारबाट हजारको नक्कली नोट छाप्ने मेशिन सहित एकजनालाई प्रहरीले फत्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

पवन प्रसाद साह , पर्सा । हरिखेतान बहुमुखी क्याम्पस विरुद्ध ने बि संघ ठाकुर रामक्याम्पस इकाई समिति ले ७ बुदा आन्दोलन को घोषणा गरेको छ।..

×