को हुन् सुदिप झा,उनी किन दिए वाडा अध्यक्ष मा उमेद्धवारी ?

 

धनुषाको लक्ष्मिनिया गाँउपालिका वार्ड नं-७ मा घर भएका सुदिप झाले आफ्नो वाडा मा वार्ड अध्यक्ष पदमा उमेद्धवारी दिएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी धनुषा जिल्ला युवा संगठनको सचिव र विश्व हिन्दु परिषद्, राष्ट्रवादी नागरिक समाज धनुषामा आबद्ध रहेको झाले राप्रपा बाट वार्डमा उमेद्धवारी दिइएको हो।

 

 

किन दिए त उमेद्धवारी ?

 

गाँउको अवस्था ज्रिन देखेर उ भावुक हुन्थ्यो। गाउँमा बेरोजगारीको समस्या रहेको र युवाहरु कुलतमा लागिरहेको देखेर यसलाई कसरी न्युनिकरण गरेर समृद्ध र शुन्दर लक्ष्मिनियाँ बनाउने तर्फ जोड दिदै उमेदवारी घोषणा गरेको हो।

 

उनको शैक्षिक योग्यता के त ?

 

उनी प्राथमिक तहको पढाई लक्ष्मिनियाँ जनता मा.वि. लक्ष्मिनियाँ बाट गरेको हो। त्यसपछि विसं २०६४ सालमा एसएलसी पास गरे पश्चात न्यु मिलिनियम क्याम्पस जनकपुरबाट २०६७ मा इन्टर पास गरेका थिए। सोही कलेजबाट २०७१ मा बि.एड. गरेका थिए।उनले राजनितिक शास्त्र पनि अध्ययन गरेका हुन्।

 

उनको राजनितिक पृष्ठभूमि के त ?

 

उनी एक बाह्मण परिवार बाट हुन्। उनको बुवा श्री भाग्यनारायण झा राजनितिक मा सक्रिय थिए। उनी पुँजीवादी र समान्तावादीको विरुद्धमा चुनाव लड्दा राजनितिक हस्तक्षेपले उनलाई बन्धक बनाई, मानसिक यातना दिइयो र अन्ततः उनको मृत्यु भयो ।भाग्यनारायण झा कैलु पण्डितको नामले पनि चिनिन्थ्यो। पण्डित झाको मृत्यु पश्चात झा परिवारले राजनितिक गर्न बाट पछि हटेका थिए। यहि कारणले ६१ बर्षको इतिहासमा झा परिवारबाट पुन: उमेद्धवारी दिनुको मुख्य कारण पुँजीवादी र समान्तावादीको विरुद्धमा उमेद्धवारी दिइएको हो। सुदिप झाको बुवाको मृत्यु पश्चात राजनितिक बाट टाढा रहेको र अब यसपालीको स्थानीय तहको निर्वाचनमा उनकै नातीन नातीनीले उमेद्धवारी दिएर घरदैलो अभियान स्वरूप घरघरमा गएर आफुलाई जिताउन आग्रह गर्दै आएका छन्।

 

युवा नेता सुदिप झाको समाजमा लगानी के त ?

 

उनी पहिला साईकल पसलमा सहयोगीको रुपमा काम गर्थे। साइकल पसलबाट रोजगारी सुरु गरेको संघर्षले आज विश्व प्रसिद्ध खाध्य कम्पनीको बजार बिक्री प्रतिनिधि को रुपमा काम गर्दै छ। उनी आफ्नो कमाइको केही अंश समाजिक कार्यमा लगाएको हो‌। उनले आफ्नो मासिक कमाइबाट रु.६००० नगद मासिक रुपमा कविर बाल आश्रम जनकपुर मा बुझाउने गरेका हुन्। सोहि कविर बाल आश्रम जनकपुरको शाखाको रुपमा निमार्ण भईरहेको कविर बाल आश्रम हरिहरपुर, ढल्केबर मा भवन निर्माणका लागि सिमेन्ट,छड दिएर सहयोग गरेका थिए। त्यस्तै मासिक रुपमा रक्तदान गर्दै आईरहेको छ। उनले विशेष -विशेष दिन पारेर आफ्नो कमाइको केही अंश खाजा वितरण लगायत गरिब असाहय व्यक्तिहरुलाई खाद्यान्न सहयोग गर्दै आएको हो। त्यतिकै मात्र नभएर आफ्नै गाँउमा रहेको हनुमान मन्दिरमा पुजाआजा गर्नका निम्ति आवश्यक पर्ने आर्थिक सहयोग वापत रु.२१०० नगद मासिक रुपमा दान गर्दै आएको छ। कोरोना कालमा खाद्यान्न देखि कोरोना महामारी बाट बच्नका निम्ति मास्क, सेनिटाइजर वितरण गरेर उल्लेखनीय भुमिका निर्वाह गरेका थिए। समयसमयमा जनकपुरधामको विभिन्न अनाथालयमा पुगेर पनि सहयोग गर्दै आएको हो। यसरी उनको योगदान समाजमा अविस्मरणीय रहेको पाइन्छ।

मतदातालाई ‘भोट बैंक’को रुपमा देखेका यसअघिका जनप्रतिनिधिहरुले सपना मात्रै देखाए। तर, आफूले भनेका कामहरु र वाचाहरु भने पूरा गर्न सकेनन्। आफ्नो ठाउँ आफैं बनाउनुपर्ने पालिकाको वार्डलाई कमाइ खाने भाँडो बनाए। यस्ता कुराहरु जनताले बुझेका छन् र हामीले बुझाइरहेका छौं झाले भने।

 

लक्ष्मिनिया गाँउपालिका वार्ड नं-७ मा ८० प्रतिशत जनता कृषिमा निर्भर छन्। किसानलाई सिँचाई, मल तथा बिउबिजनको अभाव हुन नदिने गरी काम गर्ने,स्वास्थ्य क्षेत्र सुधारका लागि काम गर्ने,प्रोटोकल शिक्षा, रोजगारी, कुलतमा लागेका युवाहरु लाई सकरात्मक कामको दिशातर्फ उन्मुख गर्ने जस्ता प्रतिबद्धताहरु उनले जिकिर गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय