दिवेश कुमार महतो ,ढल्केबर,असार ४ गते । पोखरामा हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि मधेस प्रदेशको हक्की टिम छनौट प्रतियोगिता सम्पन्न भएको छ।

महिला,बालबालिका युवा तथा खेलकुद मन्त्रालय मधेस प्रदेश सरकारको आयोजनामा शनिबार धनुषा स्थित हिमालय युवा क्लब नक्टाझिजको खेलमैदान मा भएको हक्की खेलमा मधेस प्रदेश को पर्सा जिल्ला हक्की टिम , महोत्तरी जिल्ला हक्की टिम र धनुषा जिल्ला हक्की टिम बिच खेल खेलाइएको थियो। पहिलो सेसन तर्फ धनुषाको को पुरुष टिम र पर्साको पुरष टिम बिच खेल भएको थियो भने महिला तर्फ धनुषा र महोत्तरी बिच खेल भएको थियो।

वर्षको कारण खेल हुने सम्भावना निकै कम देखिएपछि स्थानीय दर्शकहरु निराश भएका थिए तर मौसममा सुधार आएपछि बिहान १० बजे खेल सुरु गरिएको थियो।

उक्त खेलको स्थानीय आयोजक श्री जनता मावि नक्टाझिज र समन्वय मा श्री हिमालय युवा क्लब नक्टाझिजले गरेको थियो।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता मा सहभागी हुनका लागि प्रदेश टिम निर्माण गर्नु परेकोले मन्त्रालयको खेल तालिका अनुसार हक्की खेलको आयोजना गरिएको कुरा हक्की खेलको स्थानीय खेल संयोजक अरुण कुमार महतोले जानकारी गराएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय