जनकपुरधाम
कार्यालय खुल्ने समयमा बन्द रहेको भिडियो बनाएको बिषयमा शिक्षकको छोरालाई वडा अध्यक्षले सरुवा गराइ दिछु भनी धम्कि दिएका छन। जनकपुरधाम उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्षले खुलियाम धम्की दिदैं आएका छन् ।

शिक्षकको छोरालाई टेलिफोनको माध्यमबाट तिम्रो बुवालाई धेरै टाढा सरुवा गर्छु भनेर वडा अध्यक्षले धम्कि दिएका छन्। शिक्षकको छोरा राजिब कुमार पासमानलाई वडा अध्यक्षले वडा कार्यालयमा ताल्चा लगाएको अबस्थामा भिडियो बनाको थियो तर त्यो भिडियो डिलेट गर नत्र तेरो बुवालाई काहा सरुवा गर्छु त्यो कुरा याद राख भनि धम्कि दिएका छन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष लक्ष्मेशवर मण्डलले भने आफु नगर प्रमुखलाई जानकारी गराएर ताल्चा लगाएको स्विकार गरेका छ्न। वडा कार्यालयमा ताल्चा लागेको कारण सेवाग्राही प्रभावित बनेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय