जनकपुरधाम उपमहानगरपालिकाद्वारा सुविधा सम्पन्न आधुनिक पार्किंग स्थलको निर्माण गरिने भएको छ । उपमहानगरपालिकामा विद्यमान ट्राफिक समस्या समाधानका लागि उपमहानगरपालिकाद्वारा पार्किंग स्थलको निर्माण हुन लागेको जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले बताएका छन ।

जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ८ दशरथ मन्दिरको छेउमा रहेको करिब १२ कठठामा निर्माण हुने पार्किंग स्थलको आउंदो माघ २७ गते शिलान्यास गरिने उपमहानगरपालिकाले जनाएको छ । अव्यवस्थित रुपमा सवारीसाधन पार्किङ्गका कारण नगर क्षेत्र अस्तव्यस्त बनेको समय पार्किंग स्थलको निर्माण भएपछि ट्राफिक व्यवस्थापनको समस्या समाधान हुने भएको छ । नगर क्षेत्रका मूख्य सडकदेखि मुख्य बजार क्षेत्रका सडकहरुमा अव्यवस्थित सवारीसाधन पार्किङ्ग गर्ने प्रचलनका कारण नगर क्षेत्र नै कुरुप देखिन थालेको छ ।

उपमहानगरपालिकाले सडक पेटीमा पसल थापेर व्यापार गर्दै आएका साना व्यापारीहरुको पसल हटाएपनि सडकपेटी र सडक छेउ अहिले सवारीसाधन पार्किङ्ग स्थल बनेको देखिन्छ । ट्राफिक व्यबस्थापनका लागि उपमहानगरपालिका , नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त काम गदै आएको छ तर पनि पार्किङ्ग निषेधित क्षेत्रमा समेत आफ्ना सवारी निर्वाध रुपमा पार्किङ्ग गरेको पाइन्छ ।

विशेष गरी अस्पताल क्षेत्र र मुख्य बजार क्षेत्रमा अव्यवस्थित सवारीसाधन पार्किङ्ग गरिदै आएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय