प्रहरी हिरासत काण्ड शम्भु हत्याको एक बर्ष पूरा , श्रद्धाञ्जली सभा आयोजना - Hamro Janakpur

जीतेन्द्र कुमार राम धनुषा,जेठ २९ गते                           सवारी ज्यान कसुर मुद्दामा थुनामा रहेका सबैला नगरपलिका– १२ का २२ वर्षीय शम्भु सदाको मृत्यु भएको आज १ बर्ष पूरा भएको छ। सदाको इलाका प्रहरी कार्यालय सबैलाको थुनुवामा रहेको र थुनुवा कक्षको शौचालयमा झुन्डिएको अवस्थामा फेला परि झुन्डिएर मृत्यु भएको वा हत्या नै भएको १ बर्ष पूरा हुदा शनिवार पहिलो श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ।

सभामा श्रमिक सहिद सदाको तस्विरमा माल्यार्पन संगै दिप प्रज्वलन समेत गरिएको स्थानिय युवा मनोज पासवानले बताए।कार्यक्रमको अध्यक्षता निज सदाकै आमा स्याली देवि सदाले गरेकी थिइन।

कार्यक्रममा सम्भु सदाको न्यायको लागि आवाज उठाउदै आएका हुलाकी समाचारका सम्पादक बिपि साहले आफुले गरेका तीन प्रतिबद्धता पूरा गरेको जनाए,जसमा सदाको लागि युएन मा न्यायको लागि दर्ता,अपराधिहरुको जालो तोड्न र न्याय दिलाउन मुद्दा दर्ता र निज सदाकै घरको आर्थिक अवस्थामा अलिक भएपनी सुधार ल्याइ सकेको एवं प्रतिबद्धता पूरा गरेको बताए।

कार्यक्रमका अर्का अतिथी प्रेस मन्च नेपाल प्रदेश २ का कार्यबाहक अध्यक्ष सुरेश यादवले सहिद सदाको नाउमा प्रतिष्ठान बनाउनुपर्ने र उहीँ प्रतिष्ठान मार्फत केही बिधार्थिहरुलाइ सहयोग गरि उनिहरुको शैक्षिक सुधार गर्नमा पहल गर्ने बताए।कार्यक्रमको आयोजना संयुक्त दलित संघर्ष समिती प्रदेश २ ले गरेका थिए भने चन्देश्वर दास,दिपनारायण दास लगायत दलित समुदायको मुख्य उपस्थिति रहेको थियो।

सम्भुको घटनाको एक बर्ष पूरा,यसरी भएको थियो      घटना बिगतको बर्ष जेठ २७ गते मध्यराती सवारी ज्यान कसुर मुद्दामा थुनामा रहेका सबैला नगरपलिका– १२ का २२ वर्षीय शम्भु सदाको इलाका प्रहरी कार्यालय सबैलाको थुनुवा कक्षमा मृत्यु भएको थियो।उनलाई २८ गते थुनुवा कक्षको शौचालयमा झुन्डिएको अवस्थामा इलाका प्रहरी सवैलाले फेला पारेको थियो,त्यतिबेला इन्चार्ज थिए प्रहरी निरीक्षक चन्द्र भूषण यादव।

ट्रयाक्टरचालक शम्भु सदा १४ दिनदेखि थुनुवामा थिए । उनीले स्थानीय सञ्जय साहको ट्रयाक्टर चलाउँदै आएका थिए । ट्याक्टर दुर्घटनामा साहकै एक आफन्तको मृत्यु भएपछि उनी सदासँग असन्तुष्ट थिए ।

मृतकका परिवारका अनुसार घटनाको मुचुल्का गर्ने क्रममा प्रहरीले जबर्जस्ती सहीछाप लिएको थियो । वडाध्यक्ष प्रदीप साहले समेत घटनाको विषयमा प्रहरीले कुनै जानकारी नदिएको बताउदै आएको थियो। स्थानीयले घटनाको छानबिन र दोषीमाथि कारबाही नभएसम्म प्रदर्शन जारी राख्ने जनाएका थिए।

घटना मुख्य अभियुक्त प्रहरी निरीक्षक चन्द्र भूषण यादव,भुपु उधोग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवका भाइ कारिराम यादव,वडाध्यक्ष पारस साह,सन्तोष साह,राजकुमार यादव तथा चिकित्सक कालिचरण माथी ज्यान मार्ने उधोग मुद्दा समेत चलाईएको थियो जुन अहिले पनि छानबिन भइ नै रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र पूर्वमन्त्री उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ । विभिन्न जिल्लामा राखिएको अगुवा कार्यकर्ता भेलामा सहभागी..