मैथिल सेवा समाज मलेसिया द्वारा कोरोना पिडितलाई खाद्यान्न सहित नगद सहयोग - Hamro Janakpur

जनकपुरधाम । मैथिल सेवा समाज शाखा मलेसिया द्वारा प्रदेश न. २ जिल्ला धनुषा सबैला नगरपालिका वडा- १२ मा बस्ने प्रमोद सादा लाई नगद सहित खाद्यान्न सहयोग गरिएको छ ।

कोरोनाको महामारीले गर्दा खान्न,बस्न, अति कठिनाई भएको हुनाले मैथिल सेवा समाज शाखा मलेसिया द्वारा रु.१५०००/ बराबर को खाधन्न सामग्री सहित नेपाली रू.५,१००/ नगद सहयोग गरेका छन।

बिदेशमा रहेका नेपाली युवाहरुले यो दु:खद घडीमा केही दिन को लागि जीवन यापन गर्न सजिलो होस , भन्ने उद्श्यले खाद्यान्न बस्तु को साथै आर्थिक सहयोग पनि गरेको छन। मिथिला बिहारी न.पा को श्री लक्ष्मी यादव ज्युको रोबरोहर मा र स्थानीय भर भलादमी को उपस्तिथिमा सहयोग गरेका छन ।

खाधान्न सामग्रीहरू
१.चामल- 50 के.जी
२.आलु- 5 के.जी
३.तेल- 2 के.जी
४.सोयाविन- 1 के.जी
५.दाल – 3 के.जी
६.प्याज- 2 के.जी
७.सावुन -3/2 पिस
८. सर्फ -1 के.जी
९.दूध – 5 डिबा( बच्चालाई खुवाउन को लागि)
१०.अाटा- 10 के.जी
११.पाठी (बकरी बच्चा) – 1 पिस
१२.नुन- 3 के.जी
१३.मिर्चाई बुकनी- 1 पाउ
१४.धनिया बुकनी-1पाउ
१५.हल्दी बुकनी – 1 पाउ
१६.सुख्खा मिर्चाई – 1 पाउ

मैथिल सेवा समाजका अन्तर्राष्ट्रिय अध्यक्ष अशोक कुमार यादव यस पुनित कार्यमा सहयोग गर्नु भएका संस्था भित्रका र संस्था बाहिरका सम्पुर्ण सेवक साथीहरुलाई संस्था मैथिल सेवा समाज परीवार द्वारा हार्दिक अभार प्रकट गरेका छन्।

यस मैथिल सेवा समाज संस्थामा सदस्य बन्ने ईच्छुक हरुलाई सम्पर्क गर्न हार्दिक अनुरोध गरिएको छ ।

सम्पर्क केन्द्रीय अध्यक्ष
१.अशोक कुमार यादव-मलेशिया(+60178028340)
२.राम बाबू शर्मा -कतार(+97477226125)
३.लक्ष्मी यादव-नेपाल(+9779815886051)
४.विनोद कुमार यादव-साउदी(+966581736027)
५.अजय कुमार-दुवई यादव(+9779812109552)
६. राधेश्याम यादव -दुवई (+971524580346)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र पूर्वमन्त्री उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ । विभिन्न जिल्लामा राखिएको अगुवा कार्यकर्ता भेलामा सहभागी..