"प्रश्न युवाको जवाफ सरोकारवालाको” नाराको साथ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न - Hamro Janakpur

अर्जुन शाह, जनकपुरधाम।
धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा न.२ कदम चोक स्थित एस.एम. कोचिङ एण्ड कम्पुटर सेन्टरको सभाहलमा प्रश्न युवाको जवाफ सरोकारवालाको” नाराको साथ युवासंग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएकाे छ।

राष्ट्रिय युवा परिषद अन्तर्गत गठित प्रदेश युवा संजाल ,प्रदेश न.२ द्धारा आयोजित गरिएको थियाे । देश युवा सञ्जालका अध्यक्ष श्याम शाहकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी प्रदेश सभा सदस्य पर्मेश्वर साह , विशिष्ट अतिथीमा एस.एम. कोचिङ सेन्टरका संस्थापक संताेष कारक रहनुभएकाे थियो ।

सहभागी युवाहरुले पुर्बाधार ,स्वास्थ्य ,शिक्षा लगायात राजनितिमा युवाको भुमिका बिषयमा केन्दृत रहेर प्रदेश सांसद र अतिथीबर्गहरु संग अन्तरक्रिया तथा छलफल गरेका थिए। युवाले उठाएका प्रस्नको जवाफ प्रमूख अतिथी समेत रहेका साहले सम्बोधन गरेका थिए।कार्यक्रम बिच संजालका नवगठित सम्पूर्ण पदाधिकारीहरु सफत ग्रहण गरेका थिए ।

नवगठित संजालका पदाधिकारीलाई प्रमुख अतिथी र अतिथीवर्गहरुले अबिर ,खादा ,फुलमाला र ब्याच लगाइदिएर सम्मान गरेका थिए। त्यसै गरि नवगठित संजाललाई मायाको चिनो स्वरुप एस.एम. कोचिङ सेन्टरको तर्फबाट राष्ट्रिय युवा परिसद लेखिएको टिसर्ट उपलब्ध गराएका थिए ।

कार्यक्रमको दोश्रो चरणमा सहभागी युवाहरुले परिषदका प्रतिनिधिहरुसङ्ग राष्ट्रिय युवा परिषद बारेमा विविध विषयहरुमा छलफल गरेका थिए। कार्यक्रम संचालन युवा विद्यार्थी सुस्मिता लाभले गरेकि थिइन।

कार्यक्रममा युवा, बिध्यार्थी ,राजनितिकर्मि ,पत्रकार , प्रदेश संजालका ८ ओटै जिल्लाका प्रतिनिधि लगायत करिब पचास जना सहभागी रहेको प्रदेश संजालका कोषाध्यक्ष माे•नइम राईन ज्यु ले जानकारी गराउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

जनकपुरमा दिनदहाडै एक अपरिचित व्यक्तिले घर अगाडीबाटै मोटरसाइकल चोरेर फरार

जनकपुरमा दिनदहाडै एक अपरिचित व्यक्तिले घर अगाडीबाटै मोटरसाइकल चोरेर फरार

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २ वकिल टोलबाट आईतवार दिनदहाडै एक अपरिचित व्यक्तिले घर अगाडीबाटै मोटरसाइकल चोरेर भागेके छ । घर अगाडी पार्किङ गरी राखेको अवस्थामा..

×