गृहमन्त्री खाणद्वारा कमला नदीको निरीक्षण, तुरुन्तै समस्य समाधानको लागि निर्देशन - Hamro Janakpur

जनकपुरधाम । केन्द्र सरकारका गृहमन्त्री बालकृष्ण खाणले कमला नदीको नीरिक्षण गरेका छन् । शनिबार धनुषा र सिरहा जोडने कमला नदीको बाँध नीरिक्षण गरेका छन् ।

बाढीका कारण क्षतिग्रस्त ठाउँ, बाँध तथा आम नागरिकको सुविधाको लागि स्थानीय सरकार सहित कमला सिँचाई आयोजनाका कर्मचारीलाई समस्या समाधानको लागि निर्देशन दिएका छन् ।

धनुषाको सबैला नगरपालिकाका नगर प्रमुख विजय शँकर प्रसाद साहले गृहमन्त्री खाणलाई सबैला नगरपालिका वडा नम्बर १३ स्थित केही दिन अघि भत्काइएको कमला बाँधको बारेमा जानकारी गराएका थिए । सो क्रममा मेयर साहले अनाधिकृत उत्खननको कारण यस्तो हुन गएको बताउँदै यसको लागि ठोस नीतिको माग गरे ।

सबैला सहित अन्य ठाउँमा भत्केको कमला नदीको छर्की (बाँध) मर्मतको कार्य यथाशिघ्र सँचालन गर्न सरोकारबालाहरुलाई गृहमन्त्री खाणले निर्देशन दिएका थिए । उनले कमला नदीले मच्चाउने वितण्डा, समस्या र उपायको बारेमा पनि केही बेर सरोकारबालाहरुसँग छलफल गरेका थिए ।

मेयर साहले गृहमन्त्री खाँणलाई ब्रिफिँग गर्दै कमला तटबन्धको दीर्घकालिन योजना र योजना यथाशिघ्र कार्यन्वयको माग गरे । सो क्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, धनुषाका प्रमुख  जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोला, दुवै जिल्लाका प्रहरी प्रमुख सहित नगर प्रमुखहरुको पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

जनकपुरधाम । धनुषाको सबैलामा रहेको, मेका इन्जिनियरिङ समाज सबैलाले विजया दशमि तथा आउदै गरेको दिपावलि छठ् पर्वको शुभ अवसरमा मेका इन्जिनियरिङ समाज सबैलाको आयोजनामा शुभकामना..

×