सहयोगी‌ मन सुदिप झा, बेसहारा का लागि सहारा बन्दै - Hamro Janakpur

दिवेश कुमार महतो, जनकपुरधाम ।
सहयोगी मन भनेकै जनकपुरका एक सकुशल समाजसेवी युवा सुदिप झा हुन्।सुखमा साथ दिए पनि दु:खमा साथ दिने निकै कम हुन्छन तर लक्ष्मिँनिया घर भइ हाल जनकपुर उपमहानगरपालिका बस्दै आएका सुदिप झाले गरिब दु:खी तथा अनाथका लागि सहारा बनेका छन् ।

उनले निरन्तर रुपमा आफ्नो मासिक आम्दानी बाट सहाराबिहिन बालबालिका, वृद्धवृद्धा का लागि मासिक रुपमा आर्थिक सहयोग गर्न व्यस्त हुन्छन्।आर्थिक सहयोग मात्र नभएर त्रैमासिक रुपमा “रक्तदान जिवनदान” नाराको साथ त्रैमासिक रुपमा रक्तदान गर्दै आएको हुन्।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका वार्ड नं-८ मा अवस्थित कविर बाल आश्रम र त्यसको शाखाको रुपमा रहेको मिथिला नगरपालिका वार्ड नं-३ हरिहरपुर मा अवस्थित कविर बाल आश्रममा युवा समाजसेवी सुदिप झाले निरन्तर सहयोग गर्दै आए बमोजिम आज पनि आफ्नो मासिक तलबबाट केहि आफ्ना आवश्यकताहरु लाई कटौती गरी कविर बाल आश्रमलाई आर्थिक सहयोग गरेका हुन्।हाल १२ महिना देखि उनी निरन्तर उक्त रकम सहयोग गर्दै आएका छन् ।यस्तै, हरिहरपुर स्थित कबिर बाल आश्रममा भवन निर्माणका लागि पनि करिब ५१ बोरा सिमेन्ट लगायत अरु अरु सामग्रीहरु उपलब्ध गराएर सहयोग गरेका छन् ।

‘मानिसको मन ठूलो हुनुपर्छ ,मैले आफ्नो कमाइबाट प्राप्त रकम मध्ये बाट केही बचत गरि सहयोग गरेको हुँ ;म पनि सामान्य परिवारको ब्यक्ती नै हुँ, ‘ समाजसेवि सुदिप झाले भने ।

झा भन्छन, ‘हाम्रो देश रास्ट्र मा कोहि पनि बेसाहारा भै भोकै बस्नु नपरोस र त्यस्तो मेरो कानले सुन्नु नपरोस भन्ने धारण मेरो छ ,आज मैले मात्र खायर हुदैन कमसेकम सबैले खान त पाउनुपर्छ भन्ने सम्झेर आफुले दिन दु:खिको सहारा बन्न खोजेको हुँ ।’

उनी रास्ट्रबादी नागरिक समाज, लागयत हिन्दुवादी संघसंगठनहरुमा आबद्ध रहि समाजिक काममा निरन्तर तत्पर छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

पवन प्रसाद साह , पर्सा । हरिखेतान बहुमुखी क्याम्पस विरुद्ध ने बि संघ ठाकुर रामक्याम्पस इकाई समिति ले ७ बुदा आन्दोलन को घोषणा गरेको छ।..

×