राष्ट्रपतिबाट बजेटसम्बन्धी विधेयक प्रमाणीकरण - Hamro Janakpur

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार चालू आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक प्रमाणीकरण गरेकी छन् ।प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा विनियोजन विधेयक पारित भएपछि सरकारले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेको थियो । लगत्तै राष्ट्रपति भण्डारीले पारित गरेकी हुन् ।

बजेट प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्न बाटो खुलेको छ । बजेट पारित नहुँदा सरकारले गत ३० भदौदेखि सरकारी कोषको रकम खर्च गर्न पाएको थिएन ।

अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यका अनुसार राष्ट्रपतिबाट प्रमाणीकरण भएकाले विनियोजन विधेयक अब ऐन बनेको छ । राजपत्रमा प्रकाशित भएपछि बजेट कार्यान्वयन सुरु हुनेछ ।

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्यो

अघिल्लो सरकारले अध्यादेशमार्फत गत १५ जेठमा ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँबराबरको बजेट संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले गत २५ भदौमा प्रतिस्थापन विधेयकमार्फत फेरि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको नयाँ संशोधित बजेट ल्याएका थिए ।

प्रमुख विपक्षी एमालेको अवरोधकै कारण नेपालको इतिहासमा गत ३१ भदौदेखि सरकारले आफ्नो ढुकुटीमा भएको पैसासमेत (संघीय सञ्चित कोषबाट) खर्च गर्न नपाउने स्थिति निम्तिएको थियो ।

अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट गत ३० भदौमा नै निष्क्रिय भएको थियो भने वर्तमान सरकारले बजेट होलिडेको अवस्था आउन नदिने गरी समयमै प्रतिस्थापन विधेयक अघि सार्न सकेको थिएन । जसका कारण संवैधानिक अंग तथा उच्च पदमा आसीन व्यक्ति तथा निकाय (संघीय सञ्चित कोषमाथि हुने व्ययभार) बाहेक अन्य खर्च रोकिएको अवस्था थियो ।

अवरोध र नाराबाजीकै बीचमा सभामुख सापकोटाले बिहीबारको संसद्को कारबाही अघि बढाएका थिए । सो समय सभामुखले अर्थमन्त्री शर्मालाई आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पेस गर्न अनुमति दिए र निर्णयार्थ पनि पेस गरे । त्यसपछि सभामुख सापकोटाले विधेयक बहुमतले पारित भएको घोषणा गरेका थिए । पेस भएका दुवै विधेयक पारित भएपछि प्रतिनिधिसभाको अर्को बैठक आगामी ११ असोजको दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

जनकपुरधाम । धनुषाको सबैलामा रहेको, मेका इन्जिनियरिङ समाज सबैलाले विजया दशमि तथा आउदै गरेको दिपावलि छठ् पर्वको शुभ अवसरमा मेका इन्जिनियरिङ समाज सबैलाको आयोजनामा शुभकामना..

×