भोजपुरी फिल्म ‘स्पेशल कमाण्डु अन मिसन’ रिलिजको प्रतिक्षामा - Hamro Janakpur

जनकपुरधाम । मुख्यमन्त्रीको छोरीलाई अपहरण गरेर चाइना बोर्डरमा पाँच वर्षदेखि राखिएको छ तर विभिन्न प्रयासका बाबजुद पनि मुख्यमन्त्री छोरीलाई अहपरणकारीबाट मुक्त गराउन सकिरहेको हुँदैन । त्यसपछि सरकारको विशाल नेतृत्वमा एउटा कमण्डो चाइना बोर्डरमा जान्छ र मुख्यमन्त्रीको छोरीलाई रिहाइ गराउन सफल हुन्छ ।

यिनै कथावस्तुमा केन्द्रीत भएर निर्माण भएको छ, भोजपुरी फिल्म ‘स्पेशल कमाण्डु अन मिसन’ । अमित सर्राफको निर्देशन, गणेश प्रसादको निर्माणमा बनेको यो भोजपुरी फिल्ममा नायक सदाम हुसैन, नायिका मनिषा यादवका साथै अन्य कालाकारमा निशान्त पाण्डे, माही खान, आयाज खान, राजकपुर शाही, सुधाकरण मिश्र, जाकिर हुसैन, अलि साह, राकेशलगायतका रहेका छन् ।

यसको सुटिङ सम्पन्न भइसकेको छ । इडिटिङ्गको कार्य सकाएर रिजिलको प्रतिक्षामा रहेको बताइएको नायक सदाम हुसेनले बताए । निषेधाज्ञाका कारण रिलिजमा ढिलाइ भइरहेको उनले बताए । यो फिल्मको छायाँकन भैरहवा, बुटवल, पाल्पा, रौतहटलगायतको ठाउँमा भएको हो । यो फिल्ममा एक्सनका साथै प्रेमका कथावस्तु पनि समेटिएको हुसैनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

धनुषाको सहिद नगर नगरपालिका बलाबाखरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

धनुषाको सहिद नगर नगरपालिका बलाबाखरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

जनकपुरधाम । धनुषाको सहिद नगर नगरपालिका बलाबाखरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । ज्ञान ब्रदान ईंग्लिश बोर्डइङ स्कुलकाे प्राङ्गणमा साे कार्यक्रमको आयोजना गरेको थियोे..

×