धनुषा: जनकनन्दनी गाउँपालिकामा तेस्रो अध्यक्ष गोल्डकप फुटबल हुने,प्रथम टिमलाई एक लाख - हाम्रो जनकपुर

विनोद कुमार महतो, जनकपुरधाम । धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिकामा तेस्रो अध्यक्ष गोल्डकप फुटबल टुर्नामेन्ट हुने भएको छ ।

धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर–४ खजुरीमा तेस्रो गोल्डकप फुटबल टुर्नामेन्ट यहि चैत १९ गते विहिबारदेखि सुरु हुन लागेको हो । चैत २५ गतेसम्म सञ्चालन हुने सो टुर्नामेन्ट प्रत्येक दिन दिउँसो २ बजेदेखि हुने जनाइएको छ ।

सो टुर्नामेन्टमा देशभरिकै ८ वटा टिमको सहभागिता रहेको आयोजक जनकनन्दनी गाउँपालिकाले जनाएको छ । टुर्नामेन्टमा स्थानीय श्री महावीर स्पोर्टस क्लव खजुरी, उदयपुर, वीरगञ्ज, महोत्तरी बेलखांडी, सर्लाही, हेटौडा, विराटनगर र जनकनन्दनी ११ गरी जम्मा ८ वटा टिमको सहभागिता रहेको सह–आयोजक महावीर स्पोर्टस क्लव खजुरीले जनाएको छ ।

सो टुर्नामेन्टमा प्रथम हुने टिमलाई शिल्ड, प्रमाण पत्र, मेडल सहित नगद एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ भने दोस्रो हुने टिमलाई प्रमाण पत्र, शिल्ड, मेडल सहित नगद ५० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय