दक्ष शिक्षक भर्ना नगरेको भन्दै नगरपालिकामा तोडफोड,आधा दर्जन विद्यार्थी प्रहरीसहित घाइते,६ जना प्रहरीको नियन्त्रणमा - Hamro Janakpur

मुकेश झा/वैशाख । सर्लाहीको हरिपूर्वा नगरपालिकामा विद्यार्थीहरुले तोडफोड गरेपछि नगरपालिकामा लाखौँको क्षति भएको छ । हरिपूर्वा नगरपालिका वडा नं. ५ मा रहेको केश्वर गरिब जनता माध्यमिकमा अध्यनरत प्राविधिक धारका विद्यार्थीहरुले,बिद्यालयको भौतिक संरचना नभएको, पठन पाठन राम्रो नभएको तिन ÷चार दिन पहिला बिद्यालय ब्यवस्थापन समितिले शिक्षकको नियुक्ति अपारदर्शी तरिकाबाट गरेको तथा दक्ष शिक्षकलाई भर्ना नगरेको भन्दै विद्यार्थीहरुले नगरपालिकामा तोडफोड गरेको छ ।

तोडफोड कै क्रममा प्रहरीले बल प्रयोग गर्दा प्रहरी र विद्यार्थी बिच ढुङ्गा हाना हान समेत भई झडपमा परिणत भई प्रहरी सहित आधा दर्जन भन्दा बढि घाईते भएको छ ।
केश्वर गरिब जनता माबिमा सिभिल प्राविधिक कक्षा र्तफ पढने बिद्यार्थी हरुले बिगत २ दिन देखि शिक्षकको पदमा पबन रायलाई नियुक्तिका माग राख्दै बिद्यालयमा तालाबन्दी गरेको थिए ।तालाबन्दी गर्दा पनि माग पुरा नभएपछि बाध्य भएर विद्यार्थीहरु आन्दोलित बनेको आन्दोलनमा सहभागी एक विद्यार्थीले बताए । तालाबन्दीले विद्यालयका पठन पाठन पूर्णरुपमा बन्द रहेको वेला सिभिल बाहेकको बिद्यार्थीहरुले तालाबन्दी खोलाउन जुलुस नारा सहित नगरपालिकाका पुगेको समयमा प्रहरीले विद्यार्थी उपर अचानक लाठि चार्ज गरेर घाइते बनाएको बिद्यार्थी ललित मंडलले बताएको छ ।

प्रहरीले लाठि चार्ज गरेपछि आक्रोषित बिद्यार्थीले नगरपालिका भित्र रहेको नगर प्रमुखको कार्यकक्षमा प्रबेश गरी कुर्सी थान २ ,टेबुल थान १, नगरपालिकाको बिद्युतिय बोर्ड तोडफोड गरी एकासि प्रहरी चौकी हरिपुर्वामा आई ढुंगामुडा गरी कम्पाउण्डको अगाडी पट्टीको बासको टाटी समेत भत्काएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । त्यस्तै पोष्टमा डियुटीमा हरेका प्रहरी जवान बिनय कुमार यादवलाई ढुंगाल चोट लागि सामान्य घाईते पनि भएको छ । यसैगरी प्रहरीले घटनामा संलग्न ६ जना ब्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित सूचना अधिकृत कृष्ण गिरीले जानकारी दिए।

नगरपालिकाको भौतिक क्षति यकिन गर्न नसकिए पनि अन्दाजी ६ लाख भन्दा बढिको समानहरु क्षति भएको हुन सक्ने नगर प्रमुख सियाराम रायले बताए । आन्दोलन र बिबाद नगरपालिका भित्र जुन ठाउमा भएपनि तोडफोडको लागी नगरपालिका कार्यालय लाई नै सम्झिने गरेको एक स्थानिय ले बताए ।
जिल्ला बाट आएको प्रहरी टोलिले अबस्था समान्य बनाए पनि बिद्यार्थीहरुले प्रहरी प्रशासन मुर्दाबाद, लठि चार्ज गरेको प्रहरी जवान बिनय कुमार यादव लाइ कार्वाही गर बिद्यालय लाई राजनिति क्षेत्र मुक्त गर सहितको नारा लगाउदैँ विभिन्न माग राख्दै १ घण्टा मुल सडक जाम गरेको स्थानिय युवा बिरेन्द्र यादबले बताए । यादबको अनुसार माग पुरा नभए आज देखि थप आन्दोलन गर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।