पर्सामा बिहान देखि निषेधाज्ञा शुरू - Hamro Janakpur

रबिन्द्र प्रजापति,रौतहट । पर्सा जिल्लामा गत बिहीबार बिहान देखि निषेधाज्ञा शुरु भएको छ आज वैशाख १६  गते बिहीबारदेखि लागु भएको एकसाताका लागि निषेधाज्ञा जारी रहेको छ ।
मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी० को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।
कोरोना संक्रमणको दर तीव्र गतिले बढेपछि यसको रोकथामका लागि आज बिहान ४ बजेदेखि निषेधाज्ञा जारी गरेका छन ।
वीरगञ्जस्थित नेशनल मेडिकल कलेजलाई नेपाल सरकारले तोकेको मापदण्ड भित्र रही कोरोना संक्रमितको उपचार गर्ने गराउन अनुरोध गर्ने निर्णय पनि गरेका थिए ।
यसैगरी सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको व्यवस्थापनका लागि ठाकुरराम बहुमुखी क्याम्पसमा होल्डिङ सेन्टरमा स्थापना भएको र त्यसको व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिएको हो ।
यसैगरी कम्तीमा २०० बेड क्षमतासम्मको कोभिड–१९ संक्रमितको उपचारका लागि डेडिकेटेड अस्पताल स्थापना एवं सञ्चालनका व्यवस्था गरेका छन

निषेधाज्ञा अवधिमा केके गर्न पाइन्छ ?

सरकारी कार्यालयलगायत सार्वजनिक सेवा प्रदायक संस्थाले सम्बन्धि मन्त्रालय वा विभागबाट जारी पास लिएर सवारीसाधन प्रयोग गर्न पाउने छन् । अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा बढीमा दुई कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका सवारीसाधन सञ्चालन गर्न पाइने छ ।

एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, कुरिअर एवम् डाँक सेवा, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापनलगायत ढुवानी तथा यातायतका साधनमा सञ्चालन गर्न पाइने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।