प्रदेश २ : सरकारी बैंकमा बिना घुस कर्जा पाईन्न - Hamro Janakpur

सिरहा । प्रदेश नम्बर २ को सरकारी बैंकहरुले सर्बसाधारण, किसान र पहुच नभएकाहरुलाई न ब्यापारी कर्जा न कृषि कर्जा नै दिनेगरेका छन । सर्वसुलभ रुपमा कुनै किसिमको कर्जा उपलब्ध नहुदा स्थानीय चिन्तित रहेका छन । अरु प्रदेशमा युवा बेरोजगार ,किसान् , वैदेशिक रोजगार बाट फर्केकाहरुलाइ प्रोत्साहन गर्नको निमित्त ल्याइएको रास्ट्र बैंकको नितिलाई कार्यान्वयन गरेको छ भने प्रदेश नम्बर २मा ठिक त्यसको बिपरित काम भईरहेको खुलेको छ । रास्ट्र बैंकले जारी गरेको नीति नियम अनुसारको प्राईभेट बैंकहरुले गर्ने तर सरकारी बैंक हरुले न गर्ने यस्तो अबस्थामा अनुगमन गर्नु पर्ने नेबिसंघ का निवर्तमान केन्द्रिय सहमहामन्त्री परमेश्वर साहले बताए ।

 

खासगरी सिराहामा रहेको सरकारी बैंकहरुले त कमिसन लिएर मात्र लगानी गरिरहेको स्रोतले बताए । बैंकहरुमा राष्ट्रिय बाणिज्य बैंक ,कृषि बिकास बैंक र बाणिज्य बैंकहरुमा बिना कमिसन ऋण लगानी गर्दैनन् जब कि गरिब,किसान ,मध्यम बर्गका लागि नेपाल रास्ट्र बैंक ले योजना ल्याए तर दुर्भाग्यवश ती योजनाहरु कागजमा मात्र सिमित रहे ।

 

बिना धितो ऋण ,कृषि लोन र युवाहरूलाई दिने रोजगार का निमित दिने लोन कागजमै सिमित रहेको छ। नेबिसंघ का नेता साहका अनुसार बाणिज्य बैंक लाहान शाखा मा कृषि लोनको कुरा गर्न जादा ऋण अधिकृत लक्ष्मी न्यौपाने ले ५% कमिसन दिए मात्र केहि हुने बताउँछन् । साहको आफनै कृषि फार्म रहेको छ । उनले ऋणको लागि कुरा गर्न जादा बाणिज्य बैंकका न्यौपानेले ४/४ महिना देखि त्यतिकै टालटुल पारिरहेको उनको आरोप छ ।

नाम गोप्य राख्ने शर्तमा एक ग्राहकले भने ‘ कृषि बिकास बैंक र नेपाल बैंक लिमिटेड लाहान को पनि यहि हालत रहेको छ ५%कमिसन को कुरा गर्नु अनि मात्र फाइल लिन्छन । उनले नेपाल रास्ट्र बैंक निर्देशन पनि मान्न त्यार छैन अब रास्ट्र बैंक को ध्यान जाओस् ।यो विषयमा प्रदेश सरकार पनि मौन रहेको अवस्था छ जब कि देश पा्रदेशिक संरचनामा गैसकेको छ र यहाको सम्बन्धित निकाय पनि मौन भएपछि कमिसन तन्त्र हाबी भएको छ प्रदेश नम्बर २को सरकारी बैंक हरुमा ,अब पनि सम्बन्धित ध्यान जाओस ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।