जनकपुर: जानकी हेल्थ केयरमा चिकित्सकले जिउँदै युवकलाई मरेको घाेषण , परिवारजनद्धारा तोडफोड - Hamro Janakpur

जनकपुरधाम । प्रदेश नम्बर २ अस्थाई राजधानी जनकपुरकाे एक हस्पीटलमा पटक-पटक विवादमा तानिदै आएको जनकपुरको जानकी हेल्थ केयर एण्ड टिचिँग हस्पिटल प्रा.लि. ले एक जिउँदै युवकलाई मृत्यू भइसकेको भन्दै भनेपछि परिवारजनले आवेसमा आएर तोडफोड गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको ७ बजरँगचोक स्थित रहेको जानकी हेल्थ केयरका एक चिकित्सकले दुर्घटनामा परी गम्भिर घाईते भएका युवकलाई मृत घोषणा गरी जिउँदैलाई मारेको आरोप परिवारजनले लगाएको छ ।

आज (आईतबार) दिउँसो धनुषाको मिथिला नगरपालिका वडा नं. ८ कुसुम बिसौना नजिक दुई मोटरसाईकल जुध्दा गम्भिर घाईते भएका बर्ष २६ का सुनिल शर्माका काकाले भतिजोलाई उपचारको लागि जानकी हेल्थ केयर लग्दा जिउँदै अवस्थामा मृत घोषणा गरेको आरोप लगाएका छन् ।

उनले भतिजोको उपचारको लागि यहाँ सम्भव नहुने तथा हेलिकप्टर मार्फत काठमान्डौं लैजान चिकित्सकले नै सुझाएपछि काठमान्डौंमा हेलिकप्टर बुक गरेको बताउँदै उनले हेलिकप्टर आउन लाग्दा डाक्टरले सुनिलको मृत्यू भइसकेको भनेर हेलिकप्टर रोक्का गरेको बताएका छन् ।

उनले सुनिलको मृत्यू प्रमाणपत्र (डेथ सर्टिफिकेट) बनाइदिन भनेपछि सोही डाक्टरले फेरी सुनिल जिउँदै रहेको र जिउँदै मान्छेको डेथ सर्टिफिकेट कसरी बन्ने भनेर भनेपछि आक्रोसित परिवारजनले अस्पतालमा तोडफोड समेत गरेका हुन् ।

सो क्रममा धनुषा प्रहरीका दुई तारे एक प्रहरीले भिडियो समेत खिच्न नदिएको आरोप लगाएका छन् । बिभिन्न समयमा जानकी हेल्थ केयरमा हुने यस्ता प्रकारको घटनामा प्रहरीले पीडित भन्दा पनि अस्पताल पक्षलाई जोगाउन आफ्नो दायित्व बिर्सेर व्यवहार गर्दै आएको छ ।

जिउँदै सुनिललाई मरेको भनेपछि हेलिकप्टर फिर्ता गराएका सुनिलका काकालाई डाक्टरले फेरी जिउँदै हो भनेर भनेपछि पुनः हेलिकप्टर मगाउन नसकेको र केही बेरमा डाक्टरले दोस्रो पटक मृत घोषित गरेको आरोप छ । जिँउदै मान्छेलाई मृत घोषणा गरेपछि मान्छे मारेको सरह मुद्दा लाग्ने गरिन्छ ।

पीडित परिवारजनले अस्पतालका ईन्चार्ज र डाक्टरको चरम लापरवाहीको कारण सुनिलको ज्यान गएको आरोप लगाएका छन् । डाक्टरहरुले केही समयको अन्तरालमै अलमलता गरेपछि सुनिलको ज्यान गएको बताइएको छ ।

विभिन्न समयमा जनकपुरको जानकी हेल्थ केयरमा यस्ता घटना दोहरिने गरेको छ । पीडित परिवारजनले भने प्रदेश सरकारसँग न्याय माग गरेका छन् ।

जानकी हेल्थ केयर एण्ड टिचिँग हस्पिटल प्रा.लि. पूर्व स्वास्थ्य राज्य मन्त्री एवम् जसपाका साँसद समेत रहेका डा. सुरेन्द्र यादवको लगानीमा सँचालनमा रहेको छ ।

ग्रामिण भेकबाट आउने विरामीलाई जनकपुरको प्रादेशिक अस्पतालबाट दलालको माध्यमबाट सो अस्पतालमा विरामी पुरयाउने गरिन्छ । साधारण विरामीलाई पनि प्रादेशिक अस्पतालबाट रिफर गरी यस्तै अस्पतालहरुमा दलाल मार्फत पुरयाउने गरिन्छ ।

अस्पतालमा विरामी पुरयाए वापत केही प्रादेशिक अस्पतालका कर्मचारी सहित दलाललाई पनि कमिशन दिँदै आएको बुझिएको छ ।

विभिन्न समयमा जनकपुरको जानकी हेल्थ केयरमा यस्ता घटना दोहरिने गरेको छ । पीडित परिवारजनले भने प्रदेश सरकारसँग न्याय माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।