धनुषा: घरायसी विवाद कारण आफनै श्रीमानको हत्या,श्रीमती र सहोदर भाई फरार - Hamro Janakpur

जनकपुरधाम । धनुषामा एक युवकको विभत्स हत्या गरिएको छ ।

धनुषा जिल्लाको हँसपुर नगरपालिका वडा नम्बर ६ टिल्ही टोलस्थित गएराती करिब १ बजेको समयमा स्थानीय ३५ बर्षिय शम्भु मण्डलको विभत्स हत्या गरेको हो ।

 

धनुषाकाे हंसपुर नगरपालिका-६ टिल्हीका २५ वर्षीय शम्भु मण्डललाई उनकै पत्नीले धारिलो हतियार प्रहार गरी हत्या गरिएकाे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

शुक्रबार मध्यराति भएकाे विवादमा मण्डललाई २३ वर्षीय पत्नी सुशिलादेवी मण्डल, भाइहरु जय मण्डल र अनिल मण्डलले कुुटपिट गर्दै धारिलो हतियार प्रहार गरी हत्या गरेकाे प्रहरी उपरीक्षक रानाभाटले बताए । मृतक मण्डलकाे घाँटी र शरीरकाे विभिन्न भागमा काटिएकाे छ ।

कुटपिटबाट मण्डलकाे मृत्युपछि पत्नी र भाइहरु फरार भएका छन् ।

घटनास्थलमा पुगेका प्रहरी हत्याबारे अनुसन्धान गरिरहेकाे र मृतक मण्डलको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको धनुषा प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।